काठमाडौं- मंगलबार सेयर बजारमा भारि गिरावट आएको छ। आज नेप्से सूचक ३२.२९ अंकले घटेर २७३३.१४ अंकमा झरेको छ। सोमबार नेप्से परिसूचक ७.९० अंकले बढेको थियो। सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम भने बढेको छ।
सोमबार तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको सेयर कारोबार रकम मंगलबार चार अर्ब १६ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
यसदिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ। सोमबार १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा उक्लिएको यस्तो सूचक मंगलबार ३.९८ अंकले घटेर ५१५.४८ अंकमा झरेको छ।
आज कूल २२७ वटा कम्पनीका ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर ५३ हजार ७६७ पटक खरिद बिक्री भएका थिए। आज मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन्। आज यस संस्थका लगानीकर्ताको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, सबैभन्दा धेरै मूल्य बढ्ने दोस्रो कम्पनी नेपाल दूरसञ्चार कम्पनी रहेको छ र यस कम्पनीको सेयर मूल्य यसदिन २.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ। मंगलबार सबैभन्दा धरै आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले यसदिन ५.८४ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्।
कारोबार रकमका आधारमा यसदिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यसदिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यसदिन नेशनल हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र अपि पावरको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।
मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक ०.९४ प्रतिशत बढेको छ। यसदिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४ प्रतिशत घटेको छ। त्यसैगरी, यसदिन होटल तथा पर्यटन, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
नेपाल राष्टै बैंकले अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाकोको तयारी गरिहेको छ। यसमा कस्तो खालको सम्बोधन हुन्छ भन्ने पर्खाइमा लगानीकर्ता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।