फाइल तस्बिर
काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई 'फादर अफ नेसन'को रुपमा जनताले स्वीकार गरिसकेको बताएका छन्। महाधिवेशनबाट ओलीलाई नै अध्यक्ष बनाउने उनको भनाइ छ।
'समकालीन हिसाबमा 'फादर अफ नेसन'को रुपमा केपी शर्मा ओलीलाई युवाहरुले अथवा जनताहरुले स्वीकार गरिसकेका छन्। समकालीन राजनीतिको अब्बल नेताको रुपमा स्वीकारिएका नेता केपी कमरेडलाई हामी अध्यक्ष बनाउँछौं', उनले भने।
ओलीको सहयोद्धा बन्न आफूले सचिवमा उम्मेदवारी दिने बस्नेतको भनाइ छ। 'उहाँको सशक्त सहयोद्धाको हिसाबले मचाहिँ यसपालि सचिवको रुपमा यो महाधिवेशनमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेको छु', उनले भने।
बस्नेतले यो महाधिवेशनबाट आफूहरुले ओलीलाई सर्वमान्य नेताको अध्यक्ष बनाउन चाहिरहेको बताए।
अध्यक्षमै उम्मेदवारी घोषणा गरेका भीम रावललाई भने उनले उम्मेदवारी फिर्ता लिन आग्रह गरे। जनवादी केन्द्रीयताको हिसाबले महाधिवेशनमा उम्मेदवारी दिन पाउने कुरा सामान्य प्रक्रिया भए पनि रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश नगएको उनको भनाइ छ। 'मेरो सुझाव छ, उम्मेदवारी फिर्ता गरेर हिजोदेखि खेल्दै आउनुभएको भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।