काठमाडौं- मेगा बैंकले ११ औं वार्षिक साधारण सभा मंसिर २८ गते गर्ने भएको छ। बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान सवा ११ बजेबाट सुरु हुनेछ।
साधारण सभामा बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दै छ। बैंकले गत वर्षको नाफबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर कर प्रयोजन सहित २.०७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने अजेन्डा पनि छ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको बैंकले जानकारी दिएको छ। आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुक क्लोज गर्दैछ। मंसिर १३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।