काठमाडौं- नेपाल बार एसोसिएसनले बिहीबार नागरिक समाजसँग मिलेर सर्वोच्च अदालतदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गर्ने भएको छ।
मंगलबार नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।
बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उनले जानकारी दिए।
बिहीबार भने नागरिक समाजका सदस्य्सहित दिउँसो २ वजे बालुवाटार मार्च पास गर्ने उनले बताए।
सबैलाई न्याय चाहिएकोले जनता उठ्नु पर्ने भएको श्रेष्ठको भनाइ छ।
कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो। कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।