काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्ने भएका छन्।
मंगलबार दिउँसो २ बजे नयाँ बानेश्वरको अल्फाबिटा हाउसमा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको एमाले नेता सूर्य थापाले जानकारी दिए।
पार्टीको दशौं राष्ट्रिय महाधिवशेन नजिकिदै गइरहेका बेला उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्न लागेका हुन्।
यसअघि पनि ओलीले सम्पादकहरुसँग छलफल गरेका थिए। आजको छलफलमा उनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनकै विषयमा केन्द्रीत रहेर कुराकानी गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।