• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मल अभावले कृषकलाई पिरलो : सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गर्न समस्या

64x64
रासस मंगलबार, मंसिर ७, २०७८  ११:१७
1140x725

काठमाडौं- रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने एक अर्ब रुपैयाँ बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर समस्या छ। 

साल्ट ट्रेडिङ  लिमिटेड र कृषि सामग्री संस्थानले दुई वर्षअघि बोलपत्रका माध्यमद्वारा झिकाएको मल भारतको कोलकाता बन्दरगाहमा थन्किएको छ। जहाजबाट मल झार्ने र अर्को सवारी साधनमा चढाउने क्रममा आएको आँधी हुरीसहितको पानीले भिजेर गुणस्तर घट्न गई ठूलो नोक्सानी पुर्‍याएको थियो।

युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईस्थित स्वीस–सिङ्गापुर ओभरसिजले त्यसबेला दुवै संस्थानबाट २५/२५ हजार मेट्रिक टन डिएपी मल आयात गर्ने अनुमति पाएकामा साल्ट ट्रेडिङको सात हजार र कृषि सामग्री संस्थानको एक हजार मेट्रिक टन मल भिजेर गुणस्तर खस्केको थियो।

गुणस्तरमा प्रश्न उठेपछि एक लाख २६ हजार बोराभन्दा बढी मल भित्र्याउने सिलसिलामा भन्सारले जाँच पासको अनुमति दिन अस्वीकार गरेको हो। 

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनाराण बिडारीको नेतृत्वमा रहेको सुक्खा बन्दरगाहको समस्या अध्ययन गर्न गएको संसदीय टोलीले रासायनिक मलका बोरा यत्रतत्र छरिएको अवस्थामा देखेपछि राखेको जिज्ञासापछि यो विषय सार्वजनिक भएको हो। 

सभापति बिडारी भन्छन्, “कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मल झिकाएको रहेछ, आउँदा नै भिजेर आएकाले भन्सार छुटाउने विषयमा विवाद भएछ, पछि ल्याउने र मगाउने पक्षले कुनै सम्पर्क नगरेपछि गुणस्तरको मापदण्ड नपुगेको बेवारिस अवस्थामा रहेको करिब डेढ लाख बोरा मल भन्सारले पन्छाउने क्रममा अलपत्र अवस्थामा देखियो।”

संसदीय समितिले गत कात्तिक २८ देखि ३० गतेसम्म वीरगञ्ज र भैरहवास्थित सुक्खा बन्दरगाहको अध्ययन निरीक्षण भ्रमण गरको थियो। मल फालिएका क्षेत्रका रुख, बिरुवा र बालीनाली सुकेर खङ्रङ्ग भएको देखेपछि समिति टोलीले राखेको जिज्ञासामा भन्सार कर्मचारीले ठूलो परिमाणको भएको हुँदा खाल्डो खनेर पुर्न स्थान तथा ढुवानी गर्न बजेट अभावका कारण व्यवस्थितरूपमा नष्ट गर्न कठिनाइ परेको गुनासो गरेका थिए। 

संसदीय टोलीले यति धेरै परिमाणको मल कसैको सम्पर्क र सम्बन्ध नहुने भनेको के हो भनी गरेको प्रश्नमा वीरगञ्जस्थित सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले मल भिजेपछि गुणस्तरमा प्रश्न उठेकाले ऐनअनुरुप नष्ट गर्नेबाहेक अन्य उपाय नभएपछि ल्याउने पक्षले आवश्यक चासो नराखेको हुनसक्ने जानकारी गराए।  

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा गोदाम, रेलको लिक वरपर हुँदै अहिले त्यो मल भन्सार परिसरको जङ्गल क्षेत्रसम्म फालिएको अवस्थामा पाइएको छ। गुणस्तर खस्केको मलको भुक्तानी भने भएको छैन। भन्सारबाट मल छुटाउने विषयमा यसअघि पनि विभिन्न तह र चरणमा वार्ता र छलफल भइसकेको बुझिएको छ। प्रमुख खत्रीले कम गुणस्तरका कारण भन्सारबाट जाँचपास नहुने हुँदा नष्ट गर्ने विकल्पका रूपमा वनस्पति विभाग मातहतका बागवानीमा प्रयोग गर्न सकिने सुझाव दिएका छन्। 

“गुणस्तर नभएकाले जाँचपास र गोदाममा सामानको चाप भएकाले लामो समयसम्म राख्न मिलेन, पन्छाउनै पर्‍यो, भन्सार परिसरको बाँकी खाली ठाउँमा मल राखिएको छ, यो सामान लिन कुनै पनि पक्ष आएका छैनन्, गुणस्तर नभएकाले नष्ट गर्ने यसअघि नै निर्णय भइसकेको छ”, उनले भने। 

उता साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका कार्यकारी निर्देशक पङ्कज जोशीले मलको गुणस्तरमा केही कमी रहेता पनि गुणस्तर कायम गर्ने ढङ्गबाट प्रयोग गर्न सकिने बताए। उनी भन्छन् “यो सरकारको मल हो, गुणस्तर भने केही कम छ, नेपालमा आयात भइसकेकाले प्रयोग गर्नुपर्छ, अहिले मल ल्याउन निकै चुनौती र महङ्गो पनि छ, खेती नबिग्रने गरी प्रयोग गर्नुपर्छ, बन्दरगाहमा रहँदा त्यहाँको वातावरण बिग्रेको छ, हामीले प्राप्त गरेको खण्डमा किसानलाई नै बाँड्ने गरी प्रयोगमा ल्याउन सक्छौँ।”

रासायनिक मलको उचित व्यवस्थापन गरेको खण्डमा सात वर्षसम्म प्रयोग हुने भएकाले दुई वर्षअघि गहुँ बालीका लागि झिकाइएको उक्त मल प्रयोग गर्न सकिनेमा कुनै दुविधा नरहेको कार्यकारी अधिकृत जोशीले बताए। मलको हालको बजार मूल्य करिब रु एक अर्ब बराबर रहेको बताउँदै कार्यकारी अधिकृत जोशीले भने, “सबै सरोकारवाला मन्त्रालय र निकायको सहयोग, समन्वय र संलग्नतामा पारदर्शी ढङ्गबाट मलको सदुपयोग गर्ने गरी काम गर्न सकिन्छ।”

Xtrem

Xtrem

गुणस्तर कायम गर्ने सन्दर्भमा विभिन्न विधि र उपाय अवलम्बन गरी कृषकलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउन सकिने उनको तर्क छ। नेपाल सरकारबाट त्यसका लागि तत्कालै थप आवश्यक निर्णय र निर्देशनको खाँचो औँल्याइएको छ। 

यसैबीच अन्तर्राष्ट्रिय बोलपत्रमार्फत नेपालमा भारत, चीन, बङ्गलादेश, जोर्डन, ओमान र मोरक्कोलगायत देशबाट मल आयात गरिँदै आएको छ। मुलुकमा वार्षिक १२ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता भए पनि अनौपचारिक ढङ्गबाट १५ देखि २० प्रतिशत मलको कृषक स्वयंबाटै व्यवस्थापन हुँदै आएको छ। सरकारले वार्षिकरूपमा रु १५ अर्ब बराबरको पाँच लाख मेट्रिक टन मल खरिद गर्दै आएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए। 

सरकारले यस वर्षको हिउँदलाई दुई लाख १५ हजार मेट्रिक टन खरिद गरेकामा अझै ७५ हजार मेट्रिक टन आउने क्रममा छ। आगामी वर्षायामको धानका लागि अपुग मल खरिद गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई बजेट व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
न्यायाधीश सिफारिसको विषयमा बोल्यो नेपाल बार: ‘समावेशी सिद्धान्त लत्याइयो’ बुधबार, असोज २१, २०८३
सञ्चारमन्त्री डा.तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको शिष्टाचार भेट बुधबार, असोज २१, २०८३
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्