प्रतिकात्मक तस्बिर
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जानकारी दिएको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका साथै अबका केही दिन देशभर नै चिसो बढ्ने क्रममा रहने छ।
आगामी ३ दिनको मौसम पूर्वानुमान:
२०७८ मंसिर ०७ गते (मंगलबार)
दिउँसो: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १-२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०८ गते (बुधबार)
दिउँसो: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ मंसिर ०९ गते (बिहिबार)
दिउँसो: प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति: प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र लुम्विनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको १–२ स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु-भागहरुका १–२ स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।