काठमाडौं- कर्मचारी सञ्चय कोषले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ३५ दिनभित्र सीटीसी मलको ऋण तिर्न सार्वजनिक सूचना प्रकाशन गरेको छ।
तामाङले मल निर्माण गर्दा लिएको ऋण तिर्न नसकेपछि ऋणदाता कर्मचारी सञ्चय कोषले ३५ दिनभित्र ऋणको साँवा र ब्याज भुक्तानी गर्न पत्र काटेको हो
यो मल निर्माणका लागि ऋण लिएका तामाङसहित केवललाल श्रेष्ठ र प्रविण मुखियालाई समेत उक्त सूचनामार्फत ऋण तिर्न आग्रह गरिएको छ। पत्रमा ३५ दिनभित्र कोषको ऋण नबुझाए चल अचल सम्पत्ति कब्जा लिलाम बिक्री गरेर ऋण अशुल गर्ने उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।