काठमाडौं- सर्वोच्च अदालतमा गोलाप्रथाद्वारा पेसी तोक्न बाटो खुलेको छ। गोलाप्रथा लागू गर्न संशोधन गरिएको सर्वोच्च अदालत नियमावली सोमबार राजपत्रमा प्रकाशित भएको छ।
सर्वोच्च अदालतको फुलकोर्टले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएको हो। राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।
नियमावली राजपत्रमा प्रकाशित भएसँगै प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।