फाइल तस्बिर
काठमाडौं- नेकपा एमाले नेता रामबहादुर थापा ‘बादल’ले सत्तामा दक्षिणपन्थीहरु हाबी हुँदा वामपन्थीहरु रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन्।
सोमबार नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा दक्षिणपन्थीहरु हाबी हुँदा वामपन्थीहरु प्रतिपक्षमा पुगेको बताए।
‘पार्टीभित्र अराजकवादीहरुको अन्तरघातले दक्षिणपन्थीहरु हाबी हुन पुगे। नेतृत्वलाई अस्वीकार गर्ने खुइल्याउने, पुँजीपतिहरुसँग सहकार्य गर्ने, पुँजीपतिलाई नेतृत्व मान्ने भयो’ थापाले भने, ‘सर्वहारा वर्गको निर्देशनमा कम्युनिस्ट पार्टी सत्तामा थियो। त्यो प्रतिपक्षमा हुन पुग्यो। हामी सर्वहारा वर्गलाई पुन: सत्तामा पुर्नस्थापना गर्न अराजकवादलाई परास्त गर्नु पर्ने छ। अराजकतावादीको भ्रमलाई च्यात्न जरुरी छ।’
एमालेलाई सत्तामा पुर्याउन दक्षिणपन्थी अवसरवादलाई परास्त गर्दै संगठनात्मक अराजकतालाई परास्त गर्नु पर्ने थापाले बताए। एमालेभित्रकै केही प्रतिक्रियावादीकै कारण एमाले प्रतिपक्षमा पुगेको निष्कर्ष सही भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।