काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको अधिवेशन अवैध रहेको दाबीसहित निर्वाचन समितिमा उजुरी परेको छ।
डडेलधुराका कांग्रेस सभापति कर्ण मल्लले निर्वाचन समितिमा उजुरी दिएका हुन्। क्रियाशील सदस्यता विवाद समाधान नहुँदै एक पक्षीय अधिवेशन गरेको उल्लेख गदै पुनः अधिवेशनको माग गरिएको छ।
जिल्लामा १० दिन अनसन बस्दा नेतृत्वले सुनुवाइ नगरेपछि डडेलधुराका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा अनसन बसिरहेका छन्। मंसिर १ गते देखि मल्लको नेतृत्वमा अनसन जारी छ। संस्थापनइतरका नेता कार्यकर्ता अनसन बसिरहेकै बेला निर्वाचन समितिले प्रदेश निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन गराएको छ।
मंसिर ३ मा प्रदेश सभा क्षेत्रको अधिवेशन गरिएको थियो। सोमबार जिल्ला नेतृत्वका लागि अधिवेशन हुँदैछ। सभापति देउवा निकट भीमबहादुर साउद जिल्ला सभापतिमा चयन हुँदै छन्। चुडामणि ठकुराठीले पनि उम्मेदवारी दिएपछि मतदान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।