काठमाडौं– नेकपा एमालेका नेता एवम् संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले कानुन व्यवसायीको आन्दोलन दबाउन दंगा नियन्त्रण प्रहरी परिचालित हुनु दु:खद भएको बताएका छन्।
सोमबार नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापन पत्र बुझ्दै नेम्वाङले बारले आन्दोलन गर्नुपर्ने अवस्था आउनु पनि दु:खद भएको बताए।
नेम्वाङले आफूहरु (आफ्नो पार्टी एमाले)ले पनि समयमा न्याय नपाएको भन्दै बारको आन्दोलनले नै आफूहरुका पनि आवाज उठाएको जस्तो भएको बताए।
'न्याय पाउन नसकेको अहिलेको अवस्थामा हामी नै बोलेको जस्तो भएको छ। समयमा रिट निवेदन हाम्रै पनि सुनुवाइ भएका छैनन्,' नेम्वाङले भने।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ताको माग गर्दै बारले बुझाएको ज्ञपान पत्र अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीमा पेस गर्ने नेम्वाङले प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।