काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनले नेकपा एमालेलाई ज्ञापनपत्र बुझाएको छ।
सोमबार बार एसोसिएसनले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई ज्ञापनपत्र बुझाएको हो।
बारले ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गरेको छ। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा उत्रिएको बारे राणामाथि उठेका प्रश्नहरुबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएको हो।
प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत बारले आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूका साथमा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।