काठमाडौं- नेपाल बार एसोसिएसनले सभामुख अग्नि प्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग लगाउन र न्यायालय सुदृढीकरणको माग गर्दै बारले सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो।
सोमबार दिउँसो नेपाल बारको टोलीले संसद् सचिवालय पुगेर सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो। प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनमा उत्रिएको बारे राणामाथि उठेका प्रश्नहरुबारे संसद्को ध्यानाकर्षण गराउन भन्दै सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाएको हो।
प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले शुक्रबार एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। जस अन्तर्गत बारले आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूका साथमा सभामुखलाई ज्ञापनपत्र बुझाएको हो।
त्यस्तै नेपाल बारले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।