काठमाडौं- लिथुआनियाप्रति आक्रोश व्यक्त गर्दै चीनले उसका साथ आफ्नो राजनीतिक सम्बन्धको स्तरलाई 'डाउनग्रेड' गरेको छ।
ताइवानलाई आफ्नो देशमा प्रतिनिधि कार्यालय खोल्ने अनुमति दिएका कारण लिथुआनियासँग रिसाएको चीनले यस्तो कदम उठाएको बीबीसीले जनाएको छ।
लिथुआनियाले भने ताइवानसँग सम्बन्ध राख्ने आधिकारको वचाउ गरेको छ र एक चीन नीतिको सम्मान गर्ने जनाएको छ।
लिथुआनियामा ताइवानको नयाँ प्रतिनिधि कार्यालय सामान्य आधिकारिक राजनीतिक सम्बन्धको समान नभएको जनाइएको छ। तर, यस घटनालाई दुई देशबीच बढेको सम्बन्धको रुपमा हेरिएको छ।
बेइजिङले लगातार ताइवानलाई आफ्नो हिस्सा बताउँदै आएको छ। तर, ताइवानले हरेकपटक यसको बिरोध गर्दै स्वतन्त्र देश भएको बताउँदै आएको छ।
लिथुआनियामा नयाँ कार्यालयको नाम चीन-ताइपे राख्नुको सट्टा ताइवान कार्यालय राखिएको छ। बिगत १८ वर्षमा युरोपमा खुलेको यो पहिलो राजनीतिक कार्यालय हो। चीनको दबावका बीच ताइवानका केही साझेदार छन् जसका साथ उसको औपचारिक सम्बन्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।