काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनहरूले १ रुपैयाँ उठाएर नेपाल आयल निगमलाई बुझाउने भएका छन्। उपभोगक्तालाई मार पर्नेगरी पेट्रोलियम पदार्थमा मूल्य बढाइएको भन्दै संयुक्त विद्यार्थी संगठनले मंगलबार शान्ति वाटिकामा प्रदर्शन गर्ने भएका छन्।
शान्ति वाटिकामा जम्मा भइ त्यहाँ १ रुपैयाँ संकलन गरी आयल निगमकालाई बुझाउने तयारी गरिएको विद्यार्थी संगठनहरूले जनाएका छन्।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा करिब आधा दर्जन विद्यार्थी संगठनहरू आन्दोलित छन्।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियू, जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं मूल्यवृद्धि आन्दोलित छन्।
'उपभोक्ताको ढाड सक्नेगरी पेट्रोलियम पदार्थको वृद्धि भएको छ। त्यसको उचित रुपमा मूल्य घटाइनु पर्छ,’ समाजवादी विद्यार्थीका युनियनका अध्यक्ष रुपनाराण श्रेष्ठले भने, ‘आयल निगमका कर्मचारीलाई पैसा पुगेको रहेनछ, त्यसैले सबैबाट एक/एक रुपैयाँ उठाएर दिन लागेका हौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।