काठमाडौं- अफगानिस्तानमा तालिबान सरकारले महिलाहरुका लागि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। तालिबान सरकारले अब अफगानिस्तानमा महिलाले टेलिभिजनहरु सिरियल(नाटक)मा काम गर्न रोक लगाएको छ।
महिला पत्रकार र प्रेजेन्टर्सलाई पनि स्क्रिनमा हेडस्कार्फ लगाउन पनि निर्देशन दिएको छ। तर उक्त आदेशमा कस्तो खालको हेडस्कार्फ लगाउने भन्ने उल्ल्ख गरिएको छैन।
पत्रकारहरुका अनुसार केही नियम निकै अस्पष्ट रहेको छ र त्यसको व्याख्या गर्न आवश्यक छ।
यस वर्ष अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेको थियो। तालिबानको कब्जाका साथ उनीहरुले पहिलेकै जस्तो शासन व्यवस्था लागू गर्ने आशंका गरिएको थियो। खास गरेर महिलाका लागि कठोर प्रतिबन्ध लागू गर्न सक्ने आकलन गरिएको थियो।
तालिबानले सत्ता सम्हाल्ना साथ किशोरी र महिलाहरुलाई घरमा बस्न निर्देशन दिइएको थियो। १९१०को दशकमा पछिल्लो शासनका बीचमा तालिबानले महिला र स्कुल कलेज, कार्यालय जान प्रतिबन्ध लगाइएको थियो।
अफगानिस्तानको टेलिभिजन च्यानहरुलाई जारी गरिएको दिशानिर्देशमा मुख्य रुपमा आठ बुँदा रहेका छन्।
यसमा शरिया कानून र अफगान मूल्यको विरुद्ध मानिने खालका फिल्ममाथि प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ। भने पुरुषको शरीरको भित्री भाग देखाउन पनि प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।