काठमाडौं– सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे एक अंक बढेको छ।
आइतबार ११.६० अंक घटेर बन्द भएको नेप्से आजको सो सेसनमा १.४६ अंक बढेको हो। हिजो २७५७.५३ विन्दुमा बन्द भएको नेप्सेआज सो सेसनमा २७५८.९९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १२ कम्पनीको ४ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये ८ कम्पनीको सेयरमूल्य बढेको छ भने १ कम्पनीको सेयरमूल्य घटेको छ।
उक्त सेसनमा ३ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ। सो सेसनमा आज १४ लाख ६ हजार ७६० रुपैयाँ २० पैसा बराबरको सेर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।