काठमाडौं– उन्नति सहकार्य लघुवित्तले यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ। लघुवित्तले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि घोषणा गरेको लाभांश घटाएको हो।
परिवर्तित लाभांशअनुसार लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ। यसअघि लघुवित्तले ३२ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो।
राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएकाले लाभांश संशोधन गर्नुपरेको लघुवित्तको भनाइ छ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ।
हाल १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपछि २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँ २९ पैसा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।