काठमाडौं- ताइवानलाई अनौपचारिक कूटनीतिक कार्यालय खोल्न दिएपछि चीनले युरोपेली मुलुक लिथुआनियासँगको कूटनीतिक सम्बन्धलाई घटुवा गरेको छ।
लिथुआनियाको राजधानी भिलनिअसमा चार दिनअघि ताइवानले अनौपचारिक कूटनीतिक कार्यालय खोलेको थियो। बाल्टिक क्षेत्रमा रहेको लिथुआनियाले ताइवानलाई अनौपचारिक दूतावास खोल्ने घोषणा गरेपछि सेप्टेम्बरदेखि चीन र लिथुआनियाबीच कूटनीतिक विवाद जारी छ।
आइतबार चीनको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिथुआनियासँगको सम्बन्धलाई दूतावासको हैसियतबाट घटुवा गरेको जानकारी दिएको हो। योसँगै लिथुआनियासँग सम्बन्ध ‘चार्ज डि अफेयर्स’ अर्थात् सहायक स्तरमा झारेको छ।
लिथुआनियाले ताइवानलाई आफ्नो राजधानीमा प्रतिनिधि नियोग खोल्न दिएर गलत अन्तर्राष्ट्रिय नजीर बसालेको चीनले आरोप लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।