काठमाडौं- जेरुसेलममा एक प्यालेस्टाइनी नागरिकले आक्रमण गर्दा एक इजरायलीको मृत्यु भएको थियो। आइतबार भएको घटनामा अन्य चार इजरायली नागरिक घाइते भएका छन्।
इजरायली प्रहरीले गरेको जवाफी कारबाहीमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ।
यो हमला यहुदी समुदायको बीचमा टेम्पल माउन्ट भनिने विवादित धार्मिक स्थलको प्रवेशद्वारमा भएको प्रहरीले जनाएको छ।
आक्रमण गर्ने ४२ वर्षीय व्यक्ति पूर्वी जेरुसेलमका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।