काठमाडौं- नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही घटनाका घाइतेलाई भेटेका छन्।
शनिबार प्रदेश सभा क्षेत्रीय निवार्चन अन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर ३ को 'क' मा कांग्रेस नेताहरूबीच विवाद हुँदा कांग्रेस कार्यकर्ता शैलेन्द्र पन्त घाइते भएका थिए। पौडेल पक्षले जित निकाल्न लागेपछि खाणनिकट कार्यकर्ता आक्रमणमा उत्रिएको बताइएको छ। घाइते पन्त पनि पौडेलनिकट रहेको बताइएको छ।
पुरण श्रेष्ठ प्रदेश सभा क्षेत्रको सभापतिमा जितनजिक पुगेका बेला खाण पक्षका कार्यकर्ता आक्रमणमा उत्रिएका नेताहरूले बताएका छन्।
आइतबार भएको भेटका क्रममा गृहमन्त्री खाणले घाइते पन्तको स्वास्थ्यलाभको कामना गरे। भेटमा पन्तले आफू खाणसँगै भएको र पार्टीमा कहिलेकाहीँ यस्तै हुने बताए।
'दाइ म तपाईंकै मान्छे हो। पार्टीभित्र कहिलेकाहीँ यस्तो हुन्छ। अन्यथा नलिनु, म तपाईंसँग नै छु', पन्तको भनाइ उदृत गर्दै गृहमन्त्रीको सचिवालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।