काठमाडौं- कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ अंकमा झरेको छ। अघिल्लो चार दिन उकालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि घटेको थियो।
नेप्से सूचक घटेसंगै कारोबार रकम पनि घटेको छ। अघिल्लो हप्ताको अन्तिम दिन बिहीबार ६ अर्ब रुपियाँ भन्दा माथि कारोबार भएकोमा आज चार अर्ब रुपियाँको हाराहारीमा मात्र कारोबार भएको छ।
आइतबार क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा पुगेको छ। यस दिन २२५ कम्पनीको चार अर्ब ३५ करोड ७३ लाख रुपियाँ बराबरको ७८ लाख ९४ लाख ४६८ कित्ता सेयर निकबेच भएको छ। आज कारोबारमा आएका दुई समूह बाहेक सबै समूहको सूचक घटेको छ।
आइतबार सबै भन्दा धेरै कमाउने दुई समूह उत्पादनमूलक र हाइड्रोपावर समूह रहेका छन्। खरिदबिक्री रकममा करिब ५१ करोड रुपैयाँसहित महालक्ष्मी विकास बैंक अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र नेपाल टेलिकम परेका छन्।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बबढेर सकारात्मक सर्किट लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।