काठमाडौं- कोरम नपुगेपछि संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। आइतबार बोलाइएको बैठकमा समितिको बहुमत सदस्य अनुपस्थित भएपछि स्थगित गरिएको हो।
आइतबारको बैठकमा भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु क्रमशः डा शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्यको सुनुवाइ गर्ने तय भएको थियो। आइतबारै प्रस्तावित राजदूतका सम्बन्धमा प्राप्त उजुरी खोल्ने, उजुरीकर्तासँग छलफल गर्ने र सुनुवाइ गर्ने भनिए पनि बैठक स्थगित भएको हो।
एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद महाधिवेशनको कारण उपस्थित हुन नसक्दा आवश्यक कोरम नपुगेको र बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिको आगामी बैठक मंसिर १७ गते बस्ने उनले बताए।१५ जना सदस्य रहेको समितिमा चार जना मन्त्री भएपछि ११ सदस्य बाँकी छन्। तीमध्ये ६ जना उपस्थित भएमा कोरम पुग्ने थियो। तर पाँच जना मात्रै उपस्थित थिए। अर्को बैठक कात्तिक १७ गतेका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।