काठमाडौं– आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक बढेको छ।
गत बिहबिार ३२.३९ अंक घटेर २७६९.१३ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा २.६२ अंक बढेर २७७१.७६ विन्दुमा पुगेको छ। नेप्सेसँगे सो सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.४७ अंक बढेको छ।
प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर कारोबार भएकोमा ७ कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। उक्त सेसनके एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज उक्त सेसनमा २७ लाख ८ हजार ७७६ रुपैयाँ बराबरको ४ हजार ५२७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।