काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले २९.१६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश रहेको छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी बोनस सेयर वितरणपश्चात् ४१ करोड ४५ लाख १८ हजार ६३३ रुपैयाँ ७४ पैसा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।