फाइल तस्बिर
काठमाडौं– सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका राजदूतको सम्बन्धमा आज संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुँदै छ।
संसदीय समितिले आइतबार प्रस्तावित व्यक्तिहरुमाथि परेका उजुरी खोल्ने र प्रस्तावित व्यक्तिबाट प्राप्त कार्ययोजना वितरण गर्ने कार्यक्रम राखेको छ।
पहिलो बैठकमा यो विषयमा छलफल हुने र त्यसपछि दोस्रो बैठकमा प्रस्तावित व्यक्तिका सम्बन्धमा सूचना वा उजुरी दिने उजुरीकर्तासँग संसदीय समितिले छलफल गर्न लागेको हो। समितिको आजै बस्ने तेस्रो बैठकमा प्रस्तावित व्यक्तिहरुसँग सुनुवाइ गर्ने कार्यतालिका रहेको छ।
सरकारले केही दिनअघि बेलायत, भारत र अमेरिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो। सार्वजनिक लेखा समितिको हलमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।