फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछु भनेर पाँच दल मात्रै होइन, पाँच दल जस्ता अरु १० वटा दल आए पनि केही फरक नपर्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित नेपाल संवत् ११४२ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले चुनावसम्म गठबन्धन गर्छौं भन्नेहरुप्रति व्यङ्ग्य गरे। 'हामी चुनावसम्म सँगै जान्छौं भनेर गठबन्धनका मान्छे भनिरहेका छन्। कांग्रेसले त्यसो भनेको मैले सुनेको छैन। अरुअरु फाच्चाफुच्चेहरुचाहिँ सँगै जान्छौं भनिरहेका छन्,' उनले भने।
गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलले कांग्रेसको औंलो नसमाती हिँड्नै नसक्ने ओलीको भनाइ थियो। 'आफ्नो सरकार ढालेर, कांग्रेसको सरकार बनाइदिनेहरु कांग्रेसको औंलो समातेर हिँड्न पल्किएकाहरु चुनावसम्म सँगै हिँड्न खोज्छन् नै। तर कांग्रेसले कहिलेसम्म औंलो दिन्छ, मलाई थाहा छैन,' उनले भने।
ओलीले एमाले भने कसैको वैशाखी टेकेर होइन, आफैं चुनाव लड्न सक्षम रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।