• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मौलिक परराष्ट्रनीति बनाउनुपर्नेमा जोड

64x64
रासस शनिबार, मंसिर ४, २०७८  १३:३०
1140x725

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अवलम्बन गरेका नीतिहरुका आधारका साथै विश्व परिवेशमा आएको फेरबदल तथा भूराजनीतिक अवस्थाअनुसार राष्ट्रिय हितलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको उल्लेख गरे। 

विश्वका शक्ति राष्ट्रहरुबीचको होडबाजीका कारण परराष्ट्र नीतिलाई रणनीतिक र सन्तुलित ढङ्गबाट अगाडि बढाउनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री खड्काले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखी तेस्रो मुलुक तथा छिमेकी मुलुक भारत र चीनको समृद्धिबाट कसरी बढीभन्दा बढी लाभ लिन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, 'सबैलाई समान दृष्टिबाट हेर्न र व्यवहार गर्न सक्नुपर्छ, राष्ट्रिय हित यसैमा हुन्छ र हाम्रो उद्देश्य पनि पूरा हुन्छ।' छिमेकी मुलुकसँग कुनै समस्या भए द्वन्द्वको रुपमा नभइ कूटनीतिक रुपमा समाधान खोज्नुपर्नेमा पनि उनले जोड दिए।

विगतमा विभिन्न मुलुकसँग गरिएका सन्धि सम्झौताका मूलप्रति सङ्ग्रहित हुन नसक्दा हाम्रा महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजहरु संरक्षण हुन नसकेको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा खड्काले विभिन्न पुस्तकालयहरुबाट बेचिएका, चोरिएका वा हराएका बहुमूल्य ग्रन्थहरु खोजी भइरहेको बताए। नेपालको बारेमा स्वदेशी लेखकहरुले लेखेका कृतिका बारेमा भन्दा विदेशीले लेखेका कृतिलाई महत्त्व दिने र आधिकारिक मान्ने परिपाटी अन्त्य हुनुपर्ने उनको भनाइ थियो। विश्वविद्यालयमा रहेका सिनासजस्ता प्राज्ञिक संस्थालाई साधन र स्रोतसम्पन्न गरी अनुसन्धानका कार्यहरु सोही संस्थामार्फत् गराउन सरकार प्रतिबद्ध रहेको मन्त्री खड्काले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले बदलिँदो विश्व परिवेशमा नेपालले राष्ट्रिय हित, असंलग्नता, विवादको शान्तिपूर्ण समाधान र मित्रराष्ट्रहरु नेपालबाट के चाहन्छन् भन्ने कुरा बुझेर अगाडि बढ्न सक्नुपर्नेमा जोड दिए। शीतयुद्धमा अमेरिका र तत्कालीन सोभियत रुससँग समानरुपमा सम्बन्ध कायम गरी सहयोग लिन सकेको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा पनि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनसँग पनि समान सम्बन्ध स्थापित गरी बढीभन्दा बढी लाभ लिनसक्नुपर्ने बताए। सन् १९६१ मै टुङ्गिएको चीनसँगको सीमा विवादलाई अहिले पुनः खोतल्न खोज्दा त्यसले अनेक आशङ्‍का उब्जाउने हुँदा कूटनीतिक रुपमा समाधान खोजिनुपर्ने नेता ज्ञवालीको भनाइ थियो।

पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता राम कार्कीले मुलुकको एकीकृत परराष्ट्र रणनीति नहुँदा एमसीसी, बीआरआईजस्ता सहयोग सम्झौताहरु विवादमा आएको उल्लेख गर्दै राजनीतिक दलहरुबीच विकासको स्पष्ट नीति  बन्न नसकेसम्म आगामी दिनमा पनि यस्ता विवादहरु सिर्जना हुने र त्यसले आपसी सम्बन्धमा पनि असर पुग्ने बताए। उनले समाजवादी र वैज्ञानिक शिक्षा प्रणाली नहुँदा युवा जनशक्ति पलायन हुनाका साथै यसले मुलुकलाई कहिल्यै समृद्धितर्फ लैजान सक्दैन भने। नेता कार्कीले चीन र भारत शक्ति राष्ट्रिको रुपमा उदय भएसँगै पुँजीवादतर्फ उन्मुख हुँदै गएका  बेलामा नेपालले कसरी आफ्नो अस्तित्व कायम राख्ने भन्ने विषयमा बुद्धिजिवीहरुले सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउन पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत तथा वरिष्ठ कूटनीतिज्ञ  प्रा श्रीधर खत्रीले अहिले विश्वको स्वरुप बदलिएको अवस्थामा नेपालले आफ्नो पहिचानलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुकहरु शक्ति राष्ट्रको रुपमा अगाडि बढिरहेको अवस्थामा भूराजनीतिक स्थितिलाई ख्याल गरी सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सुझाव दिए।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले मुलुकको मौलिक विदेश नीति बनाउन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा, विदेश नीति र कूटनीति अत्यन्त गम्भीर विषय भएकाले यसमा केन्द्रले आन्तरिक स्रोतबाटै अनुसन्धानका कामहरु अगाडि बढाउने बताए। उनले नेपालको परराष्ट्र नीतिका सम्बन्धमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग अलग-अलग सम्वाद गरी साझा अवधारणा तयार गर्न सिनासले पहल गर्ने जानकारी दिए।

कार्यक्रममा सिनासद्वारा प्रकाशित  रणनीतिक अध्ययन श्रृङ्खला (स्टयाटेजिक स्टडिज सेरिज) को ११औँ अङ्‍क सार्वजनिक गरिएको थियो। विश्वमा शितयुद्धको प्रभाव रहेको अवस्थामा सन् १९८४ मा स्थापना भएको सिनासले केही वर्षसम्म प्रकाशन गर्दै आएको उक्त श्रृङ्खला  १० अङ्‍कसम्म प्रकाशन भएर ३५ वर्षदेखि स्थगित भएकामा यसै वर्ष ११औं श‍ृङ्खला प्रकाशन भएको छ। 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनीहरूसँग ३ देखि पाँच लाख धरौटीमा रिहा गर्न आदेश गरे... सोमबार, असार १५, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ स्कुलले २०२५ सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्य... सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्ध... सोमबार, असार १५, २०८३
ताजा समाचारसबै
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते मंगलबार, असार १६, २०८३
पाराग्वेसँग स्तब्ध बन्दै जर्मनी विश्वकपबाट बाहिरियो मंगलबार, असार १६, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्