काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापन नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन्।
शनिबार काठमडौंमा भएको ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा उनले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम भएको दाबी गरे।
‘किसुनजी, गणेशमानजीको, बीपीजीको जनताको जिवनयापन सहज बनाउने सपना थियो। उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो, त्यो सपना तपाईंहरुको सहयोगबाट पुरा गर्न सक्छु भन्ने विश्वास छ,’ सिंहले भने।
जनताका प्रतिनिधी भएपछि जस्तोजुकै अवस्थामा पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।