काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरूका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरेको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीहरु हरेक दिन जोखिमपूर्ण कार्यमा संलग्न हुने भएकोले उक्त जोखिमलाई मध्यनजर राख्दै निःशुक दुर्घटना बिमा योजना ल्याएको कम्पनीले जनाएको छ। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि पाँच लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो।
पहिलो चरणअन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बिमा गराइसकेको कम्पनीका प्रतिनिधिले बताएका छन्।
उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो। शिवम् सिमेन्टले आगामी दिनहरुमासमेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।