काठमाडौं- आज देशका उच्च पहाडी तथा हिमाली भूमागमा हिमपातको सम्भावना रहेको छ। यस्तै, केही क्षेत्रमा वर्षाको पनि सम्भावना छ।
अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान रहेको छ मौसम पूर्वानुमान महाशखाले जनाएको छ।
देशका अधिकांश भूभागहरुमा बदली हुनेछ। मौसमी प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोको महाशाखाले भनेको छ। यसले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली भइ बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।