काठमाडौं– अध्यात्मिक टेलिभिजन च्यानल लञ्चका लागि नेपाल आएका भारतीय योग गुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन्।
बिहीबार अपराह्न काठमाडौं उत्रिएका रामदेव र बालकृष्णले साँझ खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

उनीहरुले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी दिएका छन्। सीतालाई भेटेर दुवै जनाले स्वास्थ्य लाभको कामना गरेका प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
शुक्रबार काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन र अध्यात्मिक टेलिभिजन च्यानल लञ्च गर्न रामदेव र बालकृष्ण काठमाडौं आइपुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।