काठमाडौं- शिवम् सिमेन्टले देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तक्रिया कार्यक्रम गरेको छ।
सो अन्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना विमा गरी विमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरेको थियो।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकमीको जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुक दुर्घटना विमा योजना ल्याएको हो।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी विमा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।