काठमाडौं- दुर्घटनामा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचारत डा दीपक खरेलको निधन भएको छ। ट्रमाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद जोशीले डा खरेलकाे बिहीबार बिहान ८ बजेर २३ मिनेटमा निधन भएको जानकारी दिए।
डा खरेल कात्तिक २१ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा रेफर गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई त्यहाँबाट ट्रमा सेन्टरमा रिफर गरिएको हो।
ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियाे। डा खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।