काठमाडौं- भारतमा भ्रमणमा रहेको न्युजिल्यान्ड पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोलीसँग पराजित भएको छ। जयपुरमा बुधबार भएको खेलमा न्युजिल्यान्डले भारतसँग ५ विकेटको पराजय भोगेको हो।
जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
जितका लागि भारतका भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले ४८ रन जोडे भने केएल राहुलले १५ रनको योगदान गरे।
श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए । ऋषव पन्त १७ र अक्षर पटेल १ रनमा अविजित रहे। न्युजिल्याण्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए । टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एक एक विकेट लिए।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय इनिङ्स खेले ।
गुप्टिलले ७० तथा मार्कले ६३ रन बनाए। भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २/२ विकेट लिए। दीपक चाहर र मोहमद सिराजले १/१ विकेट लिए।
जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ। दोस्रो खेल भोलि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।