काठमाडौं– विवाहको मौसमलाई लक्ष्य गरेर गणपती ज्वेलर्सले ‘विवाह उत्सव’ ग्राहक योजना ल्याएको छ।
यो योजनामा वैवाहिक प्रयोजनमा १० लाख रुपैयाँभन्दा बढीको गहना खरिद गर्ने जोडीलाई ब्रेकफास्ट र डिनरसहित एक रात पाँचतारे होटलमा बस्ने सुविधा समावेश छ।
‘विवाह उत्सव’ योजना मंसिरदेखि २ महिना चल्ने गणपति ज्वेलर्सका सञ्चालक सिद्धान्त बेगानीले जनाएका छन्। ‘विवाह गर्दै हुनुहुन्छ भने यही समयभित्र मौका छोप्न हामी तमाम ग्राहक वर्गलाई शुभकामनासहितको आग्रह गर्दैछौं,’ बेगानीले भने, ‘गणपतिसँगको विवाह उत्सवले तपाईंलाई जीवनभरको मिठो सम्झना दिनेछ।’
काठमाडौं न्यूरोड विशाल बजारको जनसेवासँगै रहेको गणपति ज्वेलर्सले १३ वर्षदेखि सुनचाँदी र हीराको कारोबार गर्दै आएको छ। ‘हाम्रो योजनाले आन्तरिक पर्यटन पनि प्रवद्र्धन हुने विश्वास गरेका छौं। हामी यस्तैयस्तै आकर्षक योजना आगामी दिनहरुमा पनि ल्याउने तयारीमा छौं,’ बेगानीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।