• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

१० वर्षमा नबिलले बाँड्यो सबैभन्दा धेरै लाभांश, अन्य बैंकका लगानीकर्ताले कति पाए?

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २, २०७८  ०६:४५
1140x725

काठमाडौं- पछिल्लो १० वर्षमा लाभांश वितरण गर्ने वाणिज्य बैंकहरूमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले उक्त अवधिमा औसत ४५ प्रतिशतका दरले लाभांश वितरण गरेको तथ्यांक छ।

गत आर्थिक वर्षको नाफाबाट धेरै लाभांश घोषणा गर्नेमा पनि नबिल बैंक अगाडि रहेको छ। नबिलले गत वर्षको मुनाफबाट आफ्ना लगानीकर्तालाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०६६/६७ देखि २०७६/७७ सम्म क्रमशः ७० प्रतिशत, ३० प्रतिशत, ६० प्रतिशत ६५ प्रतिशत, ६५ प्रतिशत, ३४.८४ प्रतिशत, ४५ प्रतिशत, ४८ प्रतिशत, ३४ प्रतिशत, ३४ प्रतिशत र ३५.२६ प्रतिशत लाभांश वितरण गरेको छ।

नबिलपछि धेरै लाभांश बाँड्ने बैंक स्ट्याण्डर्ड चार्टर्ड रहेको छ। यस बैंकले १० वर्षको अवधिमा औसत ४३ प्रतिशतका दरले लाभांश वितरण गरेको तथ्यांक छ। 

उक्त अवधिमा सबैभन्दा न्यून लाभांश वितरण गर्नेमा प्रभु बैंक रहेको छ। प्रभुले १० वर्षमा औसत ३.५८ प्रतिशतका दरले लाभांश बाँडेको तथ्याङ्क छ। प्रभुपछि नेपाल बैंक लिमिटेडले औसत ४.१० प्रतिशत लाभांश वितरण गरेको तथ्याङ्कमा देखिन्छ। यी दुई बैंकले लामो समयसम्म लाभांश वितरण गर्न नसकेकाले १० वर्षको लाभांश इतिहासमा पछि परेका हुन्।

प्रभु बैंकले आर्थिक वर्ष २०७४/७५ देखि आफ्ना लगानीकर्तालाई लाभांश वितरण सुरु गरेको हो। यस बैंकले उक्त आर्थिक वर्षमा लगानीकर्तालाई आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो। प्रभुले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा लगानीकर्तालाई क्रमशः १६.८४ प्रतिशत र १०.५३ प्रतिशत लाभांश वितरण गरेको छ।

पछिल्लो १० वर्षमा लाभांश न्यून दिने दोस्रो वाणिज्य बैंक नेपाल बैंक रहेको छ। यस बैंकले आर्थिक वर्ष २०७५/६७ देखिमात्र लगानीकर्तालाई लाभांश वितरण गरेको देखिन्छ। नेपाल बैंकले उक्त आर्थिक वर्षमा लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगतसहित १६ प्रतिशत लाभांश वितरण गरेको थियो।

दश वर्षको अवधिमा औसत पाँच प्रतिशतभन्दा माथि तथा छ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने बैंक सिभिल र सेञ्चुरी छन्। यी बैंकले १० वर्षको अवधिमा औसतमा क्रमशः ५.४२ प्रतिशत र ५.९७ प्रतिशत लाभांश दिएका छन्। छ प्रतिशतभन्दा माथि तथा सात प्रतिशतभन्दा कम औसतमा नाफा दिने बैंक जनता बैंक थियो। उक्त बैंकले आर्थिक वर्ष २०७८/६९ देखि २०७५/७६ सम्म औसतमा ६.६३ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७६/७७ देखि भने जनता बैंक ग्लोबल आईएमईसँग मर्ज भएर संयुक्त कारोबार गरिरहेको छ।

Ncell 2
Ncell 2

मेगा बैंकले १० आर्थिक वर्षभित्र औसतमा ८.९५ प्रतिशत लाभांश वितरण गरेको छ। यस बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०६९/७० देखि लाभांश वितरण गर्दै आएको छ। मेगा बैंकले आर्थिक वर्ष २०७७/७८ मा  १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।०७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको छ। 

माछापुच्छ्रे र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले १० वर्षको अवधिमा क्रमशः औसत १०.२७ प्रतिशत र १०.५४ प्रतिशत लाभांश वितरण गरेका छन्। 

गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरिसकेका बैंक 
हालसम्म २३ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरिसकेका छन्। अझै चारवटा बैंकको लाभांश घोषणा हुन बाँकी छ। 

नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सुरु भएको छ महिना (पुस मसान्त) सम्ममा साधारणसभा बोलाइसक्नुपर्ने र गत आर्थिक वर्षको नाफाबाट लगानीर्तालाई लाभांश वितरण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार बैंकहरूले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन्। 

हालसम्म गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा धेरै दिनेमा नबिल बैंक नै रहेको छ। उक्त बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। यस्तै, गत आवको नाफाबाट सबैभन्दा धेरै लाभांश दिने दोस्रो बैंक हिमालयन बैंक रहेको छ। यस बैंकले आफ्ना लगानीकर्तालाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

यस्तै गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंकले १७.८९ प्रतिशत, नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट बैंकले १६ प्रतिशत, सिटिजन्स बैंकले १६ प्रतिशत, एनएमबि बैंकले १५.८० प्रतिशत, एनआईसी एसिया बैंकले १५.७९ प्रतिशत, नेपाल बंगलादेश बैंकले १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत, प्राइम बैंकले १५ प्रतिशत, माछापुच्छ«े बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने भएका छन्।

यस्तै, गत आर्थिक वर्षको नाफाबाट मेगा बैंकले १२.०७ प्रतिशत, सिभिल बैंकले ८.४२ प्रतिशत, लक्ष्मी बैंकले ११.५० प्रतिशत, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १०.८१ प्रतिशत, प्रभु बैंकले १२.६३ प्रतिशत, बैंक अफ काठमाडूले १४ प्रतिशत, ग्लोबल आईएमएई बैंकले १३.५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १०.०६ प्रतिशत, एभरेष्ट बैंकले १०.३२ प्रतिशत, कुमारी बैंकले ८.६७ प्रतिशत र सन्राइज बैंकले सात प्रतिशत लाभांश प्रस्ताव गरेका छन्।

कृषि विकास बैंक, सेञ्चुरी बैंक र नेपाल एसबीआई बैंकले अझै पनि गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छैनन्।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
६.०३ अङ्कले बढ्यो सेयर बजार तथापि, आज कारोबार भने ४ अर्ब १७ करोड ४६ लाख रूपैयाँ बराबरको मात्र भएको नेपाल स्टक एक्सचेञ्च (नेप्से) ले जनाएको छ । अघिल्लो दिन १० अं... बिहीबार, फागुन १४, २०८२
सेयरबजारमा आज सामान्य सुधार, आज ११३ कम्पनीको सेयर मूल्य बढ्यो आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्प... सोमबार, फागुन ११, २०८२
नेप्से परिसूचक आज २७ अङ्कले घट्यो आज नेप्से परिसूचक २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव शून्य चार प्रतिशतको गिरावट हो। आइतबार, फागुन १०, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्