काठमाडौं- तीन टी२० खेलको मैत्रीपूर्ण श्रृंखलाका लागि कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।
दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम हुने अहिले सुरु हुन लागेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
आईसीसी महिला टी२० विश्वकप एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले मैत्रीपूर्ण श्रृंखला खेलिरहेको छ।
पहिलो खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले हराएको नेपालले एक खेलअगावै सिरिज जित्ने योजनामा छ।
नेपाल र कतारबीचको तेस्रो खेल बिहीबार हुनेछ। यस सिरिजपछि नेपाली टोली शुक्रबार युएईतर्फ जानेछ।
२०२३ मा दक्षिण अफ्रिकामा हुने टी२० विश्वकपका लागि एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन्। छनोट खेलको विजेताले अर्को वर्ष हुने टी२० ग्लोबल छनोट खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।