काठमाडौं- आईसीसी टी२० क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको स्थान खस्किएको छ।
क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो।
कुशल नयाँ वरीयताको ५८ औं स्थानमा रहेका छन्। यसअघि उनी ५७ औं स्थानमा थिए। ब्याटिङतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ९५ औं स्थानमा उक्लिएका छन्।
यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९९औं स्थानमा रहेका छन्। पाकिस्तानका बाबर आजम शीर्षस्थानमा रहेका छन् भने भारतका कप्तान विराट कोहली ८औं स्थानमा पुगेका छन्।
बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ८७औं स्थानमा उक्लिएका छन्। उनी यस अघि ८८ औं स्थानमा रहेका थिए। यस सूचीमा श्रीलंकका वानिन्दु हसरंगा शीर्षस्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।