काठमाडौं- महोत्तरीको रामगोपालपुर नगरपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमनको सन्दर्भमा दिएको बिदा सच्याएको छ। बुधबार सूचना प्रकाशित गर्दै नगरपालिकाले सो सूचना भुलले लेखिएको बताएको हो।
'उपरोक्त सम्बन्धमा यस नगरपालिकाबाट मिति २०७८/०७/३० गते प्रकाशित सूचनामा भुलले सार्वजनिक बिदा लेखिन गएकाले दाजुभाइको दीर्घायु तथा समृद्धिको लागि दिदीबहिनीबाट गरिने पूजा 'समा चकेजा' को उपलक्ष्यमा मिति २०७८/०८/०१ देखि २०७८/०८/०२ गते सम्मका लागि यस रामगोपालपुर नगरपालिकाका सबै शैक्षिक संस्थाहरु मात्रमा बिदा हुने निर्णय भएकाले सोही अनुसार गराउनु हुन जानकारीका लागि अनुरोध छ,' सूचनामा भनिएको छ।
हिजै प्रकाशित सूचनामा सो नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटन प्रचण्डद्वारा हुने भएकाले सार्वजनिक बिदा हुने जानकारी गराइएको थियो।
प्रचण्ड आउँदा बिदा दिन लागिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।