मकवानपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ मा गए राति जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना३च ११९३ नंको बोलेरो जिपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अविरल रिजाल रहेको प्रहरीलृे जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।
रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।