काठमाडौं– हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने महाशाखाको वुलेटिनमा उल्लेख छ।
देशभर वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेसँगै चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।