काठमाडौं- एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र दुई प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश दिन प्रस्ताव गर्ने निर्णय गरेको हो।
कम्पनीले तीन आर्थिक वर्ष (२०७४/७५, २०७५/७६ र २०७६/७७) को सञ्चित मुनाफाबाट एकै पटक २७ प्रतिशत लाभांश दिने निर्णय गरेको जानकारी दिएको छ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव बिमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।