• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

ड्रिम्स : आठ वटा छोटा फिल्ममा स्यालको बिहेदेखि युद्धको त्रासदीसम्म

64x64
युवराज भट्टराई शनिबार, कात्तिक २०, २०७८  १६:३०
1140x725

जापानी निर्देशक अकिरा कुरोशावा इतिहासकै एक सफल र प्रतिभाशाली निर्देशन हुन्। कुरोशावाका लागि आफ्ना सपना सपनाकै रुपमा मात्रै रहँदैनन्, उनी ती सपना दृश्यांकन गरेर सिनेमाको रुप दिनमा माहिर छन्। सन् १९९० मा प्रदर्शनमा आएको कुरोशावा निर्देशित फिल्म ‘ड्रिम्स’ उनले आफ्नो जीवनभर देखेका सपनाहरुको श्रृङ्खला हो।

ड्रिम्स छोटा आठ लघु फिल्म (भिनेट्टस)हरुको संगालोले भरिएको एउटा पूर्ण फिल्म हो। आठ वटा लघु चलचित्रहरुमा कुरोशावाले आफ्नो बाल्यकालदेखि मत्युसम्मका सपनालाई देखाएका छन्। बाल्यकालमा उनले देखेका सपना रहस्यमयी छन्। उमेर बढ्दै जाँदा उनले देखेका सपनामा मानवीय त्रास, युद्ध, आणविक विध्वंशका कथा छन्। जापानी लोक संस्कृतिअनुसार कुरोशावाका हरेक सपनामा कुनै न कुनै किसिमका आत्माहरुको प्रवेश छ।

यो फिल्म सार्वजनिक भएको बेला ८० वर्ष पुगेका कुरोशावाको फिल्मप्रति निखारिएको शैलीसँगै जीवन–दर्शनप्रतिको बुझाइ फिल्ममा समेटिएको छ। फिल्ममा जापानी लोकसंस्कृति त छ नै आधुनिकताले मानिसमाथि गरेको नियन्त्रण र विज्ञानको नाममा भइरहेको विध्वंश पनि समेटिएको छ।

फिल्ममा मुख्य पात्रलाई नामाकरण गरिएको छैन। आठै वटा भागमा ‘म’ (अकिरा टेरेओ अभिनित) पात्रको उपस्थिति छ र कथाको गति उसैको वरिपरि छ। यहाँ पात्रलाई नामाकरण नगरी निर्देशक कुरोशावाले मुख्य पात्र आफ्नै रुप भएको देखाउन खोजेका छन्। उनले आफूलाई नै सिनेमाको मूल पात्रको रुपमा चित्रण गरेर आफ्ना जीवनमा भएका सपनालाई देखाएका छन्।

(लेखमा पनि अब ‘म’ पात्रलाई ‘कुरोशावा’ कै नाम दिइएको छ। सिनेमामा मूल पात्र कुरोशावाको ‘सेल्फ पोटे«ट’ भएकाले लेखमा सोही शैली अपनाइएको छ।’

आत्मकथाको शैलीमा सिनेमा
‘ड्रिम्स’को सुरुवात झरीसँगै इन्द्रेणी देखिएको परिवेशबाट हुन्छ, जसलाई जापानी लोकसंस्कृतिअनुसार स्यालको बिहे भएको मानिन्छ। फिल्मभित्रको पहिलो लघु चलचित्रलाई नाम दिइएको छ– सनसाइन थ्रु द रेन।

पहिलो दृश्यमा बालक कुरोशावा आफ्नो घरको बाहिर उभिएको हुन्छ। त्यहाँ उसलाई आमाले यस्तो बेला घर बाहिर निस्किनु अनुपयुक्त हुने र स्यालहरुको बिहे हेरेमा अनर्थ हुने सुनाउँछिन्। तर, कुरोशावा ती कुरालाई बेवास्ता गरेर जंगल जान्छ, जहाँ उनलाई आमाले जुन कुरा हेर्न नहुने भनेकी हुन्छिन् त्यहि करा देख्न पुग्छ।

जापानी लोक संस्कृतिअनुसार झरि र घामसँगै पर्दाको समयमा किट्सने (स्यालका आत्माहरु)ले विवाह गर्छन्। उनीहरुको विवाह हेर्ने कसैले पनि आफूलाई आफैं मार्नु पर्ने हुन्छ। आफैंले आफैंलाई मार्नुको विकल्प पनि छ– स्यालहरुसँग माफी माग्नु। तर, धेरै जसो समयमा स्यालहरुले माफि नदिने र उनीहरुको विवाह देख्ने जो कोहीले पनि मर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्ममा पनि कुरोशावाले स्यालको विवाह देखेको हुन्छ। स्यालको विवाह देखेको उसको घरमा एउटा रिसाएको स्याल आएर कुरोशावाकी आमा (मिट्सुको बाइशो अभिनित) लाई चक्कु दिएर जान्छ, जुन चक्कुको प्रयोग गरेर उसले आफ्नै हत्या गर्नुपर्ने हुन्छ।
स्यालले दिएको चक्कु लिएर निस्किएको कुरोशावा आफू स्यालहरुसँग माफी माग्न जान्छ। उसको लागि घरको ढोका बन्द भइसकेको हुन्छ। जबसम्म स्यालहरुले उसलाई विवाह हेरेकोमा माफी दिदैंनन्, तबसम्म ऊ घर भित्र पस्न पाउँदैन्। आमाले उसलाई स्यालहरुको बासस्थानमा गएर माफी माग्न भन्छिन्।

जापानी लोकसंस्कृतिअनुसार घाम र पानी पर्दाको समयमा विवाह गर्ने किट्सुने (स्यालहरुको आत्मा) इन्द्रेणीको मुनि बस्छन्। फिल्मभित्रको पहिलो लघु चलचित्रमा पनि कुरोशावाले उनीहरुलाई खोज्न इन्द्रेणीतर्फ गइरहेको दृश्यमा समापन गरिएको छ।

पहिलो भागमा स्यालहरुको विवाहमार्फत सुरु भएको फिल्म आठौं भागसम्म पुग्दा एक व्यक्तिको जीवनमा घट्नाक्रमहरुलाई वर्णन गर्दै अघि बढेको छ। ‘गुडियाहरुको चाड’ मनाएको प्रसंग, हिउँमा आरोहीहरुको प्रसंग हुँदै युद्धको दुःखद वास्तविकतापछि आठौं फिल्ममा व्यक्तिको मृत्युको दृश्य देखाइएको छ।

Xtrem

Xtrem

आत्मकथाकै शैलीमा फिल्ममा कुरोशावाले आफूलाई मुल पात्रको रुपमा चित्रण गरेर बाल्यकालदेखि अन्त्यसम्म पछ्याएका छन्।

‘द भिलेज अफ द वाटरमिल्स’ आठौं भाग हो। यसमा एक व्यक्ति, जसलाई कुरोशावाकै भूमिकामा प्रस्तुत गरिएको छ, ऊ घुम्दै एक गाउँमा पुगेको हुन्छ। उक्त गाउँ आधुनिक समयमा पनि पूर्ण रुपमा प्रकृतिको नजिक रहेर बाँचिरहेको हुन्छ।

उक्त गाउँमा एक महिलाको मृत्यु हुन्छ, जो १०० वर्षसम्म बाँचेकी हुन्छिन्। कुरोशावाले आफ्नो भूमिकामा रहेको पात्रमार्फत घट्नाक्रमहरुलाई पछ्याउँदै सुरुवातमा विवाहको दृश्यदेखि अन्त्यमा मृत्युसम्म देखाएका छन्।

फिल्मकी कला निर्देशक याशिरो मुराकीले फिल्मको पहिलो भागका लागि निर्देशक कुरोशावाकै बाल्यकालको घरको नक्कल गरेकी थिइन्। फिल्ममा ‘म’ पात्रको अभिनय गरिरहेकी पात्र मिट्सुको बाइसोलाई कुरोशावाले आफ्नी आमाको जस्तै अभिनय गर्नका लागि विशेष रुपमा सिकाएका थिए। फिल्मको पहिलो दृश्यमा ‘म’ पात्रको घरको गेटमा लेखिएको नाम पनि कुरोशावा नै रहेको छ।

विवाहको दृश्यबाट फिल्मलाई सुरु गरेर मृत्यु संस्कारको दृश्यमा अन्त्य गर्दै कुरोशावाले मानवीय जीवनको एक अंशलाई फिल्ममा प्रस्तुत गरेका छन्। मानिसको जीवनको दोस्रो अध्याय विवाहबाट सुरु हुने लोककथ्यलाई आधार मान्दै उनले विवाहबाट आफ्नो जीवनीलाई सुरुवात गरेर मृत्युुसम्म पुर्‍याएका छन्।

आधुनिकताको विपक्षमा
कुरोशावाले यसअघिका फिल्ममा पनि जापानी लोक संस्कृतिलाई सदैव प्रमुख स्थानमा राखेका थिए। सांस्कृतिक आधारमा टेकेर उनले आफ्ना फिल्महरुमा थुप्रै जापानी मिथ र लोक संस्कृतिलाई प्रस्तुत गरेका छन्। ड्रिम्समा उनको यो शैली झन् धेरै छ।

‘सनसाइन थ्रु द रेन’मा किट्सुनेको विवाहको लोक कथाजस्तै फिल्ममा दोस्रो भागमा आरुका बोटहरुलाई लिएर जापानी संस्कृतिमा रहेको कथालाई प्रस्तुत गरिएको छ।

वसन्त ऋतुमा मनाइने ‘हिना मत्सुरी’को प्रसंगलाई फिल्ममा समेटिएको छ। आम भागमा ‘गुडियाहरुको पर्व’ भनिने यो पर्वलाई आरु फुल्ने समयमा मनाइन्छ।

कुरोशावाले जापानी लोक संस्कृतिलाई प्रस्तुत गर्दै वनविकासको कुरालाई प्रस्तुत गरेका छन्। ‘म’ पात्र अर्थात कुरोशावाले गुडियाहरुको पर्वको दिनमा घरमा बनाइएका गुडियाहरुलाई देख्छन्। पर्व मनाउन घरमा आरुका रुखहरुलाई संस्कृतिक पोशाकमा सजाएर गुडियाहरुको रुप दिइएको हुन्छ।

तर, वास्तविकतामा पनि खेतमा रहेका आरुका बोट काटिएका हुन्छन्।

पूजाकोठामा कुरोशावाका दिदीहरुले खेलिरहेको ठाउँमा एक अन्जान बच्ची पनि हुन्छिन्, जसलाई पछ्याउँदै कुरोशावा आरुबारीमा पुग्छन्। त्यहाँ काटिएका रुख घरमा सजाइएका गुडियाजस्तै पोशाकमा सजिएर आउँछन्। कुरोशावाले रुखहरु काटिँदा रोक्न खोजेका हुन्छन्। बालिकालाई पछ्याउँदै गएको बेला पनि उनी आरुका रुखहरु काटिएकोमा आफू दुखी भएको प्रस्तुत गर्छन्।

काटिएका आरुका रुखका आत्माहरुले अन्तिम पटक एक बालकका लागि फुल्ने निधो गर्छन्। उनीहरुले बिस्तारै सुन्दर संस्कृतिक नृत्य गर्न थाल्छन्। जब उनीहरु नाँच्दै जान्छ्न, कुरोशावाले त्यहाँ पहिले जस्तै आरुका बोटहरुमा लटरम्म फुलहरु फुलका देख्छन्। तर, आरुका फुलहरु अन्तिम पटकलाई फुलेका हुन्छन्।

दृश्यांकनको हिसाबले इतिहासकै अब्बल मानिएको दृश्यमा पर्छ यो दृश्य। कुरोशावाले गतिशिलतालाई खिच्ने शैली यहाँ पनि देखिन्छ। हरेक आरुका बोटको आत्माको रुपमा चित्रित रहेका पात्रहरुले एकअर्कासँग मिलाएर गरेको नृत्य र आरुका बोटहरु हल्लिएको दृश्यमा कुरोशावाको निर्देशकीय क्षमता झल्किन्छ।

आरुका बोटहरु काटिएको र एक बालकको अबोधपनको दृश्यले कुरोशावालाई प्रकृति निकट भएको प्रस्तुत गरेको छ। उनले अन्य कथामा पनि प्रकृतिप्रकिो प्रेम र निकटता झल्काउन लोककथाको सहारा लिएका छन्।

‘द ब्लिज्जार्ड’ मा आरोहीहरुको कथालाई देखाइएको छ। जसबीच कुरोशावाले जापानी लोकसंस्कृतिमा रहेकी हिउँकी आत्मा (युकी ओन्ना)लाई समेटेका छन्। हिउँमा हिँड्न नसकेका ओरोहीलाई बचाउन युकी ओन्ना आएकी हुन्छिन्।

‘माउण्ट फुजी इन रेड’मा कुरोशावाले आणविक हतियारको नाममा मानव सभ्यतामाथि भएको नरसंहारलाई देखाएका छन्। यो भागमा निर्देशक कुरोशावाले जापानको फुजी हिमाल नजिकैको कुनै आणविक प्रयोगशालामा विस्फोट भएको र यसले सम्पूर्ण मानिसलाई मृत्युनजिक पु¥याएको सपनालाई प्रस्तुत गरेका छन्। यहाँ फिल्मका पात्र कुरोशावाले आफ्नो ज्याकेट खोलेर एक महिला र उनका सन्तानलाई बचाएको दृश्य छ। जुन प्रसंगमा महिलाले भनेकी छिन्, ‘हामीले त जति थियो बाँचिसक्यौं, तर छोराछारीले बाँच्न पाएनन्।’ कुरोशावाले यो भागबाट आधुनिकताको नाममा कसरी सभ्यतामाथि नै खतरा उत्पन्न भइरहेको छ भन्ने देखाएका छन्।

‘द विपिङ डिमन’मा आणविक नरसंहारपछिको दुनियाँको कल्पना गरेका छन्। यस दृश्यमा रेडियसनले मानिसमा ल्याएको नकरात्मक असरलाई देखाइएको छ। दृश्यमा एक राक्षसले आफूसँगैका अरु राक्षसहरु ‘कुनै बेला सरकारी अधिकारी र करोडपति भएको’ भन्दै चिनाएका छन्। यी दृश्यबाट निर्देशक कुरोशावाले प्रकृतिसँगको लडाईंमा मानव सभ्यताको नास भएको दृश्यलाई देखाएका छन्।

फिल्मको अन्तिममा रहेको ‘द भिलेज अफ द वाटरमिल्स’मा भने निर्देशक कुरोशावाले प्रकृतिसँगको प्रेम र निकटतामा रहेमा मानव सभ्यता जोगिने मात्र नभएर वर्षौंसम्म खुसी साथ रहने विचार देखाएका छन्। फिल्मको पात्र कुरोशावा यस्तो गाउँमा पुगेको हुन्छ, जहाँ बिजुली हुँदैन, कुनै आधुनिक सामग्री हुँदैन्। तर, त्यहाँको जीवन निकै सुखी र सन्तुष्ट हुन्छ। मानिसको उमेर १०० वर्षभन्दा धेरै हुन्छ।

फरक–फरक लघु चलचित्रमार्फत कुरोशावाले प्रकृतिसँगको प्रेम र निकटा र आधुनिकताका विपक्षमा वकालत गरेका छन्। प्रकृतिको निकट रहेमा जीवन सहज र सन्तुष्ट हुने र आधुनिकताको होडबाजीमा प्रकृतिलाई नै जित्न खोजेमा मानव जातिको संहार हुने कथ्य फिल्ममा प्रस्तुत छ।

युद्ध चित्रण र भ्यान गगको काटिएको कान
फिल्ममा थप लघु चलचित्रहरु छन्, ‘द टनल’ र ‘क्रोज’।

द टनलमा कुरोशावाले युद्ध लडेको कुनै पल्टनको कमाण्डरको कथालाई देखाएका छन्। अँध्यारो सडकमा हिँडिरहेको कमाण्डरसँग मरेर गएका सेनाहरुको भेट हुन्छ। उनीहरुले कमाण्डरलाई स्यालुट गर्छन्। तर, कमाण्डर भने युद्धमा उनीहरु सबै मारिएको र यसको जिम्मेवार आफू भएको बताउँछ।

आफ्नो पल्टनमा सबैको मृत्यु हुनु र आफूमात्र फर्किनु कुनै पनि रुपमा सुखद नभएको कमाण्डरले बताउँछ। युद्धको त्रासदी र युद्धपछिको शून्यतालाई निर्देशक कुरोशावाले ‘द टनल’मा प्रस्तुत गरेका छन्।

‘द क्रो’ अन्य कथाहरुभन्दा फरक छ। कुरोशावाले आफूलाई एक कलाको विद्यार्थीको रुपमा प्रस्तुत गरेका छन्। भिनसेन भ्यान गगको चित्रहरु हेरिरहेको आफूलाई उनका चित्रकलाभित्र पाउँछ। ती चित्रकलाभित्र छिरेको उसले चित्रकार गगसँग भेट्ने मौका पाउँछ।

युवा अवस्थाका अमेरिकी निर्देशक मार्टिन स्र्कसेजी (जो अहिले विश्वकै उत्कृष्ट र चर्चित निर्देशक हुन्, उनले निर्देशन गरेका गडफेल्लास, ट्याक्सी ड्राइभर, द आइरिसम्यानजस्ता फिल्म विश्वभर चर्चित छन्)ले अभिनय गरेको गगको भूमिकाको पात्रले चित्रकारको भूमिकामा रहेका कुरोशावासँग चित्रकलाको मर्मलाई लिएर कुरा गरेका छन्। द क्रोमा गगले आफ्नो सेल्फ पोट्रेट बनाउँदा चित्रमा आफ्नो कान राम्रोसँग नउतारिएकाले कान नै काटेको प्रसंंगलाई समेटिएको छ।

चित्रकलाको बाटोमा हिँडेका कुरोशावाका लागि गगसँगको भेटमा उनले भनेका हरेक वाक्य चित्रकलाको कुनै सिद्धान्तभन्दा कम छैनन्। यहि भेटमा उनले भनेका छन्, ‘एउटा दृश्य जुन चित्रकलाजस्तो छ, त्यसले चित्र बनाउँदैन। तिमीले समय लिएर हेर्न सकेमा हरेक प्रकृतिको आफ्नै सुन्दरता हुन्छ।’

अकिरा कुरोशावाको २८औं फिल्म ‘ड्रिम्स’ उत्कृष्ट दृश्यांकन गरिएको सपनाहरुको श्रृङ्खला हो। वर्षौँसम्म निखारिएको निर्देशकीय क्षमताको प्रस्फुटन भएको छ। फिल्ममा निश्चित पटकथा छैन, निश्चित विकासक्रम छैन, निश्चित पात्र छैनन, घट्नाक्रम छैन। तर, आठ फरक फरक कथामार्फत निर्देशक कुरोशावाले फिल्म मन पराउने र फिल्म जान्न चाहनेका लागि एउटा दार्शनिक धारको सिर्जना गरेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७८  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्