• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

७ मध्ये ६ प्रदेशमा सरकारको नेतृत्व गर्ने ध्याउन्नमा कांग्रेस

64x64
लिलु डुम्रे बुधबार, कात्तिक १०, २०७८  ०९:०१
1140x725

काठमाडौं- संघीय सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस अधिकांश प्रदेशमा आलोपालो गरी सत्ता सञ्चालन गर्ने ध्याउन्नमा लागेको छ।

प्रदेश २ र गण्डकी बाहेकका प्रदेशमा कांग्रेसले आलोपालो गरी सरकारको नेतृत्व गर्ने तयारी अघि बढाएको छ। लुम्बिनी र बागमतीमा आलोपालोको सहमति भइसकेको छ। प्रदेश १ मा पनि आलोपालोको प्रस्ताव कांग्रेसले अघि सारिसकेको छ। कांग्रेसको इच्छालाई गठबन्धनका अन्य दलले समर्थन जनाए भने कांग्रेसले गण्डकीसहित ६ प्रदेशमा सरकारको नेतृत्व गर्ने अवस्था बन्नेछ।

कर्णालीमा माओवादी केन्द्र र कांग्रेसबीच आलोपालोको भद्र सहमति बनेको विषय बाहिर आइसकेको छ। सुदूरपश्चिममा सरकारको नेतृत्वको दाबी गर्दै कांग्रेस सांसदहरु प्रधानमन्त्री शेरबहादुर देउवानिवास बालुवाटार पुगिसकेका छन्। लुम्बिनी र बागमतीमा जुन तरिकाले कांग्रेसलाई सहमति बनाउन सहज परिस्थिति बनेको थियो, त्यही रुपमा प्रदेश १, कर्णाली र सुदूरपश्चिममा भने अनुकुल देखिएको छैन।

असोज २१ मा केन्द्रीय तहमा भएको सहमति अनुसार प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति बनेको थियो। केन्द्रको सहमति भन्दा बाहिर गएर ती प्रदेशमा घटनाक्रम अघि बढेको छ। कात्तिक ४ मा बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति गरेका थिए।

कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादीको संयुक्त बैठकले आधा-आधा अवधि दुई दलले सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो। गठबन्धनको सहमति अनुसार मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यलाई हटाएपछि पहिलो अवधिमा एकीकृत समाजवादीका दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्। दोस्रो कार्यकालमा सरकारको नेतृत्व कांग्रेसका दलका नेता इन्द्र बानियाँले गर्नेछन्। बागमती प्रदेशमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद छन्।

बागमती जस्तै अनुकूल अवस्था प्रदेश १ मा कांग्रेसका लागि सिर्जना भएन। बागमती र लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बन्न सक्छ भने प्रदेश १ मा किन नसक्ने भनेर कांग्रेस सांसदहरुले प्रश्न उठाउन थालेका छन्। प्रदेश १ मा आलोपालोको निर्णय हुन नसक्नुलाई कांग्रेस भित्रको आन्तरिक गुटलाई पनि हेरिएको छ। बागमतीमा दलका नेता इन्द्र बानियाँ प्रधानमन्त्री देउवानिकट हुन्। प्रदेश १ का दलका नेता राजीव कोइराला नेता डा शेखर कोइरालानिकट हुन्। बानियाँलाई आलोपालो सरकारको नेतृत्व गर्ने अवसर दिन कांग्रेस केन्द्रले जुन रुपमा पहलकदमी लियो, त्यसै अनुरुप कोइरालाको लागि भने गरेन।

बागमतीमा आलोपालो गरि कांग्रेसले सरकारको नेतृत्व पाउने अवस्था बने जस्तै प्रदेश १ मा पनि हुनुपर्ने कोइरालाको तर्क छ। तर, संस्थापनइतरबाट मुख्यमन्त्री बन्ने हुँदा सभापति देउवा पक्षले तदरुकता नलिने बुझाइ संस्थापनइतरमा छ। आलोपालोको प्रस्तावमाथि गठबन्धनमा छलफल अघि बढाउन नै कांग्रेसले संसद् बैठक स्थगनको माग गरेको थियो।

तथापि, संसद् सचिवालयमा दर्ता गरिएको पत्रमा प्रधानमन्त्री देउवा पूर्व भ्रमणमा आएको कारण संसद् स्थगित गर्न माग गरिएको थियो। प्रदेश १ मा कांग्रेसले पनि सरकारको नेतृत्व पाउनुपर्ने माग स्वाभाविक रहेको नेता राजीब कोइरालाले बताए। ‘मलाई पनि मुख्यमन्त्री चाहिन्छ भन्न मैले मिलेन। बागमतीमा भए जस्तै प्रदेश १ मा किन नहुने भन्ने हो’, कोइरालाले भने, ‘केन्द्रमा कुरा राखेका छौं। कात्तिक १५ मा संसद् बस्नु अघि टुंगिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीबाट राजेन्द्र राई बन्ने निश्चित भएको छ। उनलाई सरकारको नेतृत्वमा पुर्‍याउन गठबन्धनका दलहरु एक ठाउँ हुनुपर्दछ। माओवादी केन्द्रले नेतृत्वको दाबी गरेको छैन। कांग्रेसले भने अन्यत्रको नजिर देखाउँदै मुख्यमन्त्री आलोपालोको प्रस्ताव गरेको छ। प्रदेश तहबाट मात्रै समाधान निस्कने विषय नभएकाले केन्द्रले निकास दिने विश्वास कोइरालाले व्यक्त गरे। ४७ मतले बहुमत पुग्ने प्रदेश सभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादी १० र जसपाका ३ जना सांसद छन्।

उता, कर्णालीमा सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेसबीच विवाद उत्पन्न भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्ने समयमा भएको भद्र सहमतिलाई माओवादीले उल्लंघन गरेको कांग्रेसको ठम्याइ छ। कात्तिक १५ बाट सत्ताको नेतृत्व हस्तान्तरण गर्नेगरी सहमति बनेको कांग्रेसको दाबी छ। माओवादीले केन्द्रको निर्णयको प्रतीक्षा गरेको छ। कर्णाली प्रदेश सभाका कांग्रेस सचेतक हिमबहादुर शाहीले मुख्यमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए।

‘हामीले मुख्यमन्त्रीजीसँग आधा आधा कार्यकाल, कात्तिक १५ गते छाड्नेगरी लिखित सहमति गरेका थियौं’, उनले नेपाल लाइभसँग भने, ‘माओवादीले कात्तिक १५ गतेभित्र सत्ता हस्तान्तरण नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं।’ कर्णालीमा हाल कायम कूल प्रदेश सांसदमा  माओवादी केन्द्रका १२, कांग्रेस ६ र एकीकृत समाजवादीका ३ सांसद छन्।

माओवादी केन्द्रले नै सम्हालेको सुदूरपश्चिममा पनि कांग्रेसले सत्तारोहणको आशा राखेको छ। गठबन्धनका कांग्रेस र माओवादीबीच सौहार्द वातावरण नभएको कांग्रेस सांसदले स्पष्ट संकेत देखाइसकेका छन्। असोज २३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सुदूरपश्चिमका कांग्रेस सांसदले माओवादी केन्द्र एकलौटी चलेको आरोप लगाए। गठबन्धनको मर्म अनुसार माओवादी केन्द्र अघि नबढेकाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने उनीहरुको तर्क थियो।

माओवादी नेतृत्वको सरकारलाई ज्ञापन-पत्र बुझाएर कांग्रेसका तीन सांसद रणबहादुर रावल, भरत खड्का र गोविन्द बोहरा असन्तुष्टि सुनाउन काठमाडौं आएका थिए। सरकारको नेतृत्वकै दाबी गरेको कांग्रेसले मुख्यमन्त्री एकतर्फी चलेमा विपक्षी दलको भूमिकामा रहने चेतावनी समेत दिएको छ।

नियुक्ति प्रक्रियामा मुख्यमन्त्री भट्टले रायसमेत नलिएको कांग्रेस सांसदको गुनासो छ। ‘गठबन्धनको मर्म अनुसार मुख्यमन्त्रीले काम गर्नु भएन। गठबन्धनको अनुभूति हामीलाई पटक्कै छैन’, देउवालाई भेटेर फर्केका कांग्रेस सांसद खड्काले भने, ‘यो टिमलाई सहयोग गर्ने मन हिजो पनि थिएन। आज पनि छैन।’

एकीकृत समाजवादीको समर्थनले माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार कायम छ। गठबन्धनबाट सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३ र कांग्रेसका १२ सांसद छन्।

लुम्बिनी प्रदेशमा भने गठबन्धनका दुई दलबीच आठ/आठ महिना सरकारको नेतृत्व गर्ने सहमति यसअघि नै बनिसकेको छ। एमालेबाट मुख्यमन्त्री रहेका शंकर पोखरेल हटेलगत्तै सत्ताको नेतृत्व माओवादी केन्द्रले गरेको छ। केन्द्रीय गठबन्धन अनुसार नै कांग्रेस र जसपाको समर्थनमा कुलप्रसाद केसी 'सोनाम' लुम्बिनीमा मुख्यमन्त्री बनेका थिए। केसीको अवधि सकिएपछि कांग्रेसका दलका नेता वीरेन्द्र कनौडिया लुम्बिनीमा मुख्यमन्त्री बन्ने भएका छन्।

गठबन्धनका अन्य दलको समर्थनसहित सत्तामा सहभागी भएर प्रदेश २ मा जसपा र गण्डकीमा कांग्रेसले सरकारको नेतृत्व गरेका छन्। ती दुई प्रदेशमा आलोपालोको चर्चा हालसम्म चलेको छैन।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न... सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता मोरिसस भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको... सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् गृहमन्त्रीको सम्पत्तिमाथि उठेका प्रश्न र उनले 'गरिब भएर मर्नु पो गल्ती' भनेर दिएको जवाफलाई लक्षित गर्दै बमले यस्तो सुझाव दिएकी हुन्... सोमबार, चैत ३०, २०८२
ताजा समाचारसबै
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी सोमबार, चैत ३०, २०८२
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन सोमबार, चैत ३०, २०८२
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सोमबार, चैत ३०, २०८२
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्