• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

यसरी सम्भव भयो मान्छेमा सुँगुरको मिर्गौला प्रत्यारोपण

सुशील देवकोटा शनिबार, कात्तिक ६, २०७८  १९:१५
1140x725

मानव शरीरको सुरुवात एक कोषबाट हुन्छ।

जब पुरुष शुक्रकिट र महिलाको अण्ड मिलन हुन्छ, एउटा नयाँ जीवन सुरु हुन्छ। त्यो एउटा कोष विभाजित हुँदै अरबौँ कोष भएको हामी मानव बन्छौँ। शरीरमा एउटै प्रकारका कोषहरु मिलेर एउटा निश्चित काम गर्छन्। त्यो निश्चित काम गर्ने इकाईलाई अंग भनिन्छ।

शरीरमा प्रत्येक अंगको आ–आफ्नो काम हुन्छ। जस्तै, मुटुले रगत संचालन गर्ने, फोक्सोले श्वास फेर्ने मिर्गौलाले रगत छानेर पिसाब निकाल्ने काम गर्छन्। हरेक अंगले आफ्नो छुट्टै काम गर्ने भएकोले त्यो अंग बिग्रेमा त्यसलाई हटाएर काम गर्ने नयाँ अंग राख्न सकेमा शरीर फेरि स्वस्थ बनाउन सकिन्छ। यो प्रक्रियालाई अंग प्रत्यारोपण भनिन्छ।

सुशील देवकोटा

मान्छेमा मान्छेकै अंग प्रत्यारोपण गर्ने प्रविधि विकास भइसकेको छ। तर, मान्छेबाट मान्छेमा नै अंग प्रत्यारोपण गर्न प्रक्रिया सामाजिक र कानुनी रुपमा झन्झटिलो छ। पहिलो कुरा त अंग दिने मान्छे भेट्न मुश्किल हुन्छ। अर्को कुरा, कोही मान्छे आर्थिक प्रलोभनमा परेर अंग दिन तयार भएको छैन भन्ने निश्चित हुनुपर्छ।

एउटा मान्छेबाट अर्को मान्छेमा अंग प्रत्यारोपण गर्दा त्यसले मानवअंग बेचबिखनलाई पनि प्रश्रय दिने अवस्था हुनसक्छ। त्यसैले वैज्ञानिकहरुले अरु प्राणीबाट मानवमा अंग प्रत्यारोपण गरिरहेका थिए।

प्रायः यस्ता वैज्ञानिक अनुसन्धान मुसामा गरिन्छ। मुसामा अनुसन्धान गर्न सजिलो हुने कारणले त्यसैलाई बढी प्रयोग गरिएको हो। धेरै विशेषता मिले पनि मान्छे र मुसा आधारभूत रुपमै फरक छ। मान्छेसँग योभन्दा बढी शारीरिक विशेषता मिल्ने जनावार सुँगुर हो।

सुँगुरलाई अंगको भण्डारको रुपमा प्रयोग गर्न मिल्ने धेरै कारण छन्। पहिलो त सुँगुरको अंग र मान्छेको अंगको आकार (साइज) एउटै हुन्छ। दोस्रो सुँगुर र मान्छेको मेटाबोलिजम (खाना तथा श्वासलाई शक्तिमा परिणत गर्ने प्रणाली) मिल्छ। तेस्रो, मान्छेहरु लाखौँ संख्यामा सुँगुर उत्पादन गर्न सक्छन्। त्यो क्षमता अहिले पनि छ। जसले गर्दा अंग निकाल्न सुँगुरको अभाव हुँदैन।

म आफैँले पनि सन् २०१५ मा सुँगुरमा मानव मोटोपनको अध्ययन गर्ने प्रयास गरेको थिएँ। सुँगुरको बच्चामा ब्राउन फ्याट (एक प्रकारको बोसो) हुन्छ। जब सुँगुर हुर्कँदै जान्छ, ब्राउन फ्याटलाई ह्वाइट फ्याटले विस्थापित गर्छ। मान्छेमा पनि ठ्याक्कै त्यही हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मान्छे जन्मँदा ब्राउन फ्याट बढी हुन्छ। हुर्कँदै जाँदा ह्वाइट फ्याट बढ्दै जान्छ। यो उदाहरणले के जनाउँछ भने मान्छे र सुँगुरमा मेटाबोलिजम मिल्छ।

मैले सुँगुरको कोषबाट लो–डेन्सिटी लिपोप्रोटिन्स रिसेप्टर (एलडीएलआर) हटाउने प्रयास गरेको थिएँ। एलडीएलआरले रगतबाट कोलेस्ट्रेल निकालेर त्यसलाई पचाउँछ। मुसामा एलडीएलआर हटायो भने रगतमा कोलेष्ट्रोल रहिरहन्छ र त्यो रगतनलीमा जमेर उच्च रक्तचाप हुन्छ।

मुसामा देखिएको उक्त कुरा सुँगुरमा देखिन्छ कि देखिँदैन भनेर हामीले हेर्न चाहेका थियौँ। किनभने मुसामा भन्दा सुँगुरमा देखिएको नतिजा मान्छेसँग मिल्छ भन्ने हाम्रो धारणा थियो। काम गर्दागर्दै म अमेरिका आएकोले त्यो अनुसन्धानमा थप सहभागी हुन पाइनँ।

अब फेरि अंग प्रत्यारोपणमा नै जाऔँ।

सुँगुरको अंग र त्यसको शरीरको प्रणाली मान्छेसँग मिल्यो भन्दैमा सिधै सुँगुरका अंग निकालेर मान्छेमा हाल्न मिल्दैन। किनभने मान्छेमा हुने रोग प्रतिरोधात्मक प्रणालीले त्यसरी अंग सिधै हाल्न दिँदैन। हाम्रो रोग प्रतिरोधात्मक प्रणालीले शरीरमा भएकोबाहेक बाहिरबाट आएको जुनसुकै तत्वलाई आक्रमण गरिहाल्छ। शरीरमा उक्त काम मात्र गर्ने कोषहरुलाई ‘इम्युन सेल्स’ भनिन्छ।

इम्युन सेल्सको काम नै शरीरभरि गस्ती गरेर बाहिरबाट के–के तत्व शरीरमा छिरेका छन् हेर्ने अनि भेट्टाउनेबित्तिकै आक्रमण गर्ने हो। बनावट उस्तै भए पनि सुँगुरको मिर्गौला मान्छेमा हालेपछि काम नगर्ने कारण पनि इम्युन सेल्सको आक्रमण नै हो। जब सुँगुरको मिर्गौला मान्छेको रक्तनलीमा जोडिन्छ, तब मान्छेको रगतमा भएका इम्युन सेल्सले ‘ओहो! यो त बाहिरबाट के आयो?’ भनेर आक्रमण गरिहाल्छ। यो प्रक्रियालाई ‘इम्युन रिजेक्सन’ भनिन्छ।

मानव शरीरमा राखिने सुँगुरको मिर्गौलालाई इम्युन सेल्सबाट कसरी आक्रमण गर्न नदिने बनाउने भनेर अनुसन्धान भएको छ। भर्खरै यो विषय चर्चामा पनि आएको छ। वैज्ञानिकहरु सुँगुरको मिर्गौला मान्छेको शरीरमा राख्न सफल भएका छन्।

मानव शरीरमा राखिने सुँगुरको मिर्गौलालाई इम्युन सेल्सबाट कसरी आक्रमण गर्न नदिने बनाउने भनेर अनुसन्धान भएको छ। भर्खरै यो विषय चर्चामा पनि आएको छ। वैज्ञानिकहरु सुँगुरको मिर्गौला मान्छेको शरीरमा राख्न सफल भएका छन्।

कसरी बनाए त वैज्ञानिकहरुले मान्छेको शरीरको इम्युन सेल्सले थाहा पाउन नसक्ने सुँगुरको मिर्गौला?

यो कुरा बुझ्न पहिला मान्छेको शरीरले बाहिरको तत्व कसरी पत्ता लगाउँछ भन्ने बुझ्नुपर्छ।

मान्छेको शरीरमा भएको इम्युन सेल्सले बाहिरी तत्वको कुनै एउटा भाग वा टुक्रा हेरेर आफ्नो शरीरसँग असम्बन्धित भएको थाहा पाउँछ। जस्तै, कोरोना भाइरस भित्र पस्यो भने हाम्रो शरीरले उक्त भाइरसको ‘स्पाइक प्रोटिन’ हेर्छ। त्यसैले कोभिड खोप बनाउँदा केही कम्पनीले त्यही स्पाइक प्रोटिन प्रयोग गरेका छन्। त्यसले रोग चाहीँ लगाउन सक्दैन।

खोप लगाएपछि हाम्रो शरीरले त्यो थाहा पाएर साँच्चीकै भाइरस आयो भनेर पूरै आक्रमण गर्छ। हाम्रो शरीरमा भाइरसविरुद्ध एन्टिबडी बन्छ। अनि शरीरले त्यो भाइरस यस्तो थियो भनेर सम्झिन्छ। अर्को चोटी साँच्चिकै भाइरस आयो भने कुनै ढिलो नगरी आक्रमण गरिहाल्छ।

त्यसैगरी वैज्ञानिकहरुले सँगुरको मिर्गौला प्रत्यारोपण गर्दा मान्छेको इम्युन सिस्टमले केबाट आफ्नो शरीरको भाग होइन भनेर पत्ता लगाउँछ भन्ने अनुसन्धान गरे। उनीहरुले के पाए भने, सँगुरबाट अल्फा–ग्याल (alpha-gal) हटायो भने हाम्रो शरीरलाई त्यो सुँगरको मिर्गौला हो भनेर थाहा नै हुँदैन।

वैज्ञानिकहरुले ‘जेनेटिक इन्जिनियरिङ’ प्रयोग गरेर अल्फा–ग्याल नभएको सुँगुर बनाए। सन् २०२० मा अमेरिकाको ‘फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेसन’ (एफडीए)ले त्यो सुँगुरलाई मान्यता पनि दियो। उक्त सुँगुरको व्यापारिक नाम ग्याल–सेफ थियो।

अहिले मान्छेमा सुँगुरको मिर्गौला राख्न यही ग्याल–सेफ सुँगुरलाई प्रयोग गरिएको हो। वैज्ञानिकहरुले ‘ब्रेन डेड’ भएको मान्छेलाई भेन्टिलेटरमा राखेर उसको बिग्रिएको मिर्गौला हटाएर ग्याल–सेफ सुँगुरको मिर्गौला ल्याएर जोडे। यो सुँगुरको मिर्गौलामा अल्फा–ग्याल नभएकोले त्यो मान्छेको इम्युन सिस्टमले उक्त मिर्गौला सुँगुरको भएको पत्तै पाएन। अनि, आफ्नै स्वस्थ मिर्गौला जस्तै रगत छानेर पिसाब बनाउन थाल्यो। यसरी मिर्गौलाले काम गरेको तीन दिनसम्म हेरिएको थियो।

सारांशमा, अल्फा–ग्याल नभएको सुँगुरको मिर्गौला भएकोले मान्छेको इम्युन सेल्सले त्यसलाई चिन्न सकेन र त्योविरुद्ध आक्रमण गरेन। त्यसैले मिर्गौलाले काम गर्न सक्यो। वैज्ञानिकहरुले पत्ता लगाएको यो प्रविधि भविष्यमा निकै महत्वपूर्ण र उपयोगी साबित हुनसक्छ।

-लेखक अमेरिकामा कार्यरत वैज्ञानिक हुन्।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्