• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

अझै सुरु भएन मेलम्ची खानेपानी बाँधस्थलको पुनःनिर्माण

64x64
रासस शुक्रबार, कात्तिक ५, २०७८  १५:३३
1140x725

काठमाडौं- पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौं उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ। राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिरोको क्षतिग्रस्त संरचना मर्मत अझै सुरु हुन सकेको छैन। यही कात्तिक महिनासम्म वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुल थप क्षति भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

आयोजनाले केही समय पहिले नै मर्मत सुरु गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, 'अझैसम्म पनि आयोजनास्थलमा यति नै क्षति पुग्यो भनी यकीन गर्न सकिएको छैन।'

समितिका अनुसार सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन। पुलबजार-अम्बाथान सडक ठाउँठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो। वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाट नै सडक खुलाइरहेको समितिले जनाएको छ। हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उनले बताए। उनले भने, 'त्यसमाथि सडक बनाउन गाउँपालिकाले समितिसँग थप बजेट माग गरिरहेको छ।'

उपकरण पुग्नका लागि बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन। गाउँपालिकाले सडक खुलाइरहेकाले ऊसँगको छलफलले कहिलेसम्म खुल्छ भनेर थाहा हुने उनले बताए। यही समयमा वैकल्पिक सडक खुलाउने काम सुरु भएको छ। सूचना अधिकारी पन्तले भने, 'अहिले भइरहेको सडकभन्दा नयाँ ट्र्याक खोल्नुपर्दा बढी  समय लाग्नसक्छ।' 

समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि वर्षाको कारणले सकिएको छैन। पुरानो ट्र्याक खोलानजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्नेछ। खोलामा पानीको बहाव कम भएपछि मात्रै सकिने भए पनि वर्षा नरोकिएकाले तत्काल काम गर्न नसकिएको हो। जुनजुन ठाउँमा क्षति पुगेको छ त्यहाँ बनाउनुपर्ने उनले बताए। उनले भने, 'चनौटेको रातोपुलभन्दा माथि ठाउँठाउँमा सडकमा क्षति पुगेको छ।'

हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ। चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ। ठाउँठाउँमा काम गरिरहे पनि वर्षा पूरै नरोकिएकाले पुनःक्षति पुगेको आयोजनाले जनाएको छ।

वर्षाले आयोजनाको सुरुङबाहेक अरु संरचनामा क्षति पुगेको अनुमान गरिएको छ। ‘हेडवर्क’ लगायतका संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको उनले बताए। यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन्। उनले भने, 'उपकरणले पुरिएका संरचनाबाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ।'

आयोजनास्थलमा कैयौँ फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ। एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताए। साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

दीर्घकालीनरुपमा थुप्रिएका सबै पदार्थ सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्नसक्छ। अहिलेका लागि अस्थायीरुपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ। उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उनले बताए। उनले भने, 'अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ।'

खानेपानी मन्त्रालयले यो वर्षभित्र (आगामी चैतसम्ममा) उपत्यकामा पुनः पानी ल्याउन सकिने बताउँदै आएको छ। सडक र यहाँको नदीजन्य पदार्थ सफा गर्न कति समय लाग्छ भनी अनुमान गरेर त्यसैका आधारमा पानी पुनःल्याउने लक्ष्य तोकिएको हो।

निर्माण सुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो। त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो। पछिल्लोपटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो। काठमाडौं उपत्यकाको खानेपानीको समस्या हट्न थालेको भए पनि अहिले पुनःसमस्या देखिन थालेको छ। हिउँद लागेसँगै उपत्यकामा खानेपानीको समस्या बढ्ने गरेको छ।

कार्यतालिकाका आधारमा गत असार १ देखि सुरुङको निरीक्षण थालिएको थियो। तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौंमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन।

आयोजनाको मुख्य संरचनाका रुपमा रहेको सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेर ‘हेडवर्क’को अन्तिम काम भइरहँदा बाढीले संरचनामा क्षति पुर्‍याएको थियो। अहिले सुरुङ र पानी प्रशोधन केन्द्रमा क्षति नपुगेको भए पनि ‘हेडवर्क’मा क्षति पुगेको अनुमान गरिएको छ। निर्माण कम्पनीले कामदार बस्न बनाइएका सबै संरचना पनि पुरिएका छन्।

गत असारभन्दा पहिलेसम्म पहिलो आयोजना सकिएपछि दोस्रो चरणको आयोजनाको निर्माणअघि बढाउन तयारीको काम भइरहेको थियो। दोस्रो आयोजना निर्माणका लागि सडकलगायतका पूर्वाधार निर्माण अघि बढाइएको भए पनि अहिले त्यो ठप्प छ। सरकारले त्यस क्षेत्रमा आगामी वर्षमा पनि पहिरोको जोखिम रहेकाले त्यसको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १५:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्