• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बेमाैसमी वर्षाले बर्बाद कृषि : कम्तीमा ६ अर्बको धानबाली नष्ट, लुम्बिनीमा सर्वाधिक क्षति

64x64
लिलु डुम्रे बिहीबार, कात्तिक ४, २०७८  १८:५१
1140x725
सप्तरीको तिरुहत गाउँपालिका र कञ्चनरुप नगरपालिकाको बीचमा रहेको खेतमा बाढीले क्षति गरेको धानबाली बचाउनका लागि पानीबाट छान्दै किसान । तस्बिर : अरुणकुमार यादव/रासस

काठमाडौं– अविरल वर्षाका कारण देशभर धान बालीमा ६ अर्बको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक तथ्यांक निकालेको छ। मन्त्रालयका अनुसार २ लाख मेट्रिक टन धानमा क्षति पुग्दा ६ अर्ब रकम कृषकले गुमाएको आकलन छ।

असोज ३१ देखि लगातार परेको वर्षाले धानबालीमा सर्वाधिक क्षति लुम्बिनी प्रदेशमा पुर्‍याएको छ। वर्षाका कारण सर्वाधिक क्षति बर्दियामा भएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेशका मुख्यतः तराईका जिल्लामा वर्षाले अत्यधिक क्षति गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।

सात प्रदेशमध्ये प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्‍याएको छ। प्रदेश २ मा धानबाली अन्यत्र भन्दा ढिलो लगाइएकाले कम क्षति भएको सञ्जेलले बताए। प्रदेश २, बागमती, गण्डकी र कर्णालीको क्षतिको विवरण आएको छैन। 

अविरल वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण पठाउन मन्त्रालयले सातै प्रदेशमा तीन दिन अघि परिपत्र गरेको थियो। त्यसमध्ये लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै प्रारम्भिक तथ्यांक पठाएका छन्। धान काटेको र काट्न बाँकी दुबै गरी क्षतिको विवरण आउने क्रम रहेको प्रवक्ता सञ्जेलले जानकारी दिए। क्षति पुर्‍याएको र वर्षाले केही असर गरेको गरी दुई प्रकृतिमा राखेर मन्त्रालयले विवरण संकलन गरेको छ। काटेको बालीमा पुर्‍याएको असरलाई क्षति नै भनि परिभाषित गरिएको छ। ठाडो बाली वर्षाको असर परेको भनिएपनि क्षतिको रुपमा गणना गरिएको छैन।

No description available.

‘बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा रहेको धानमा क्षति पुगेको छ। बाँकेमा ७ हजार पाँच सय हेक्टरमा र कपिलवस्तुमा ८ हजार हेक्टरमा रहेको धान पूर्ण रुपमा नष्ट भएको छ’, सञ्जेलले नेपाल लाइभसँग भने, ‘लुम्बिनी प्रदेशमा मात्रै ९४ हजार हेक्टर क्षेत्रफलमा रहेको धानलाई असर गरेको छ।’

उक्त क्षेत्रफल मध्ये ४२ हजार हेक्टर क्षेत्रफलमा काटिएको धानबाली पूर्ण रुपमा नष्ट भएको मन्त्रालयले जनाएको छ।  लुम्बिनीमा करिब १ लाख ६२ हजार मेट्रिक टन धान क्षति भएको छ। प्रतिमेट्रिक टन २८ हजारका दरले मूल्य गर्दा साढे ४ अर्बको क्षति लुम्बिनीमा भएको सञ्जेलले बताए। 

लुम्बिनीमा मुख्यतः तराईका जिल्लाहरु बर्दिया, बाँके, दाङ, रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुमा अविरल वर्षाले धानखेतीमा बढी क्षति पुर्‍याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १ मा झापा, सुनसरी र मोरङका कृषकले लगाएको धानमा क्षति पुगेको छ। तीन जिल्लामा कुल धानखेतीको ५ देखि ७ प्रतिशत क्षेत्रफलमा रहेको धान नष्ट भएको मन्त्रालयले जनाएको छ। उक्त क्षति ७ प्रतिशत भन्दा बढी हुने बताइएको छ।  

No description available.

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा काटिसकेको धानमा सर्वाधिक क्षति भएको छ। कैलालीको धानबालीमध्ये कैलाली जिल्लामा करिब ५४ प्रतिशत र कञ्चनपुरमा करिब ४२ प्रतिशत धान बालीमा क्षति भएको छ। कैलाली र कञ्चनपुरमा गरी १५ हजार हेक्टर क्षेत्रफलको धान वर्षाले नष्ट भएको प्रारम्भिक तथ्यांक छ। ती दुई जिल्लामा कृषकको ४१ हजार मेट्रिक टन धान विनास भएको छ। सुदूरपश्चिममा प्राप्त आँकडा अनुसार एक अर्ब १७ करोड रकम बराबरको धान नष्ट भएको छ।

धानबाली बाहेक कृषिका अन्य उत्पादनका क्षेत्रमा पनि वर्षाले क्षति पुर्‍याएको छ। तरकारी, माछापोखरी लगायतमा कृषि क्षेत्रमा वर्षाले असर गरेको छ। 

Xtrem

Xtrem

मन्त्रालयले पीडित कृषकलाई वर्षाले पुर्‍याएको यकिन डाटा संकलन गर्ने क्रममा छ। सातै प्रदेशमा निरीक्षण गर्ने तथा वस्तुगत विवरण ल्याउनका लागि टोली मन्त्रालयले खटाउने भएको छ। सम्भवतः आइतबारदेखि सबै प्रदेशमा निरीक्षण टोली पुग्नेछ। ‘टोलीले स्थलगत निरीक्षण गर्छ। क्षतिको यकिन विवरण र राष्ट्रिय स्तरमा पुर्‍याउने असरको मुल्यांकन गर्छ’, सञ्जेलले भने। 

No description available.

प्रदेश मन्त्रालयसँग समन्वय गरी टोलीले प्रभावित स्थानको स्थलगत अध्ययन गर्ने भएको छ। प्रभावित स्थानको क्षतिको विवरण ल्याउनका लागि सात दिनको अवधि तोकिएको छ। उक्त टोलीमा तीनदेखि चार जना हुने बताइएको छ। टोलीले बढी प्रभावित जिल्लामा धानबालीमा पुर्‍याएको क्षतिको खेतमै गएर अवलोकन गर्नेछ।

‘क्षतिको प्रदेशगत विवरण प्राप्त भइसकेपछि राहत, क्षतिपुर्ति लगायतमा मन्त्रालयले निर्णय गर्दछ’, सञ्जेलले भने, ‘त्यसपछि कृषकलाई राहत कसरी दिने विषयमा हामी अघि बढ्छौं।’ तत्कालका लागि स्थानीय तहले गर्ने सहयोग नै प्राथमिक राहत हुने मन्त्रालयले जनाएको छ।

‘स्थानीय तहसँग राहतको बजेट रहेको हुन्छ। तत्कालका लागि उहाँहरु (स्थानीय तह)ले राहत उपलब्ध गराउनुहुन्छ। सबै विवरण आइसकेपछि प्रदेशसँग समन्वय गरी राहत कार्यक्रम ल्याउँँछौं’, प्रवक्ता सञ्जेलले भने, ‘मन्त्रालयको आर्थिक स्रोतले नभ्याउने भए अर्थ मन्त्रालयसँग सहयोग माग्नुपर्ने हुन्छ।’

No description available.

क्षतिको यकिन विवरण संकलन तथा राहतका कार्यक्रम ल्याउने सन्दर्भमा छलफलका लागि मन्त्रालयले सातै प्रदेशका कृषिमन्त्री तथा सचिवहरुलाई काठमाडौं बोलाउने भएको छ। सातै प्रदेशबाट मन्त्री तथा सचिव बोलाएर मन्त्रालयले अर्को साता बृहत् छलफल गर्ने भएको छ।

प्रदेश सरकारका योजनामा संघीय सरकारले गर्ने मद्दतका सन्दर्भमा छलफल हुनेछ। उक्त बैठकले तत्काल, मध्यम र दीर्घकालीन गरी तीन चरणका राहतको कार्ययोजना ल्याउने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्