• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
कस्तो पार्टी बन्दै छ नेकपा एकीकृत समाजवादी?
64x64
वीरेन्द्र ओली बिहीबार, कात्तिक ४, २०७८  २०:४१
1140x725

काठमाडौं– १५ वर्षसम्म नेकपा (एमाले) को नेतृत्व गरेका माधवकुमार नेपालले झन्डै ७० वर्षको उमेरमा नयाँ पार्टी निर्माणका लागि कम्मर कसेका छन्। उनको अध्यक्षतामा दर्ता भएको नेकपा (एकीकृत समाजवादी)को २१ असोजको स्थायी कमिटी बैठकले मौजुदा केन्द्रीय कमिटी विस्तार गरेको छ। त्यसको अनुपातमा पोलिटब्युरो र स्थायी कमिटी सदस्य पनि थप गरेको छ।

अब एकीकृत समाजवादीको केन्द्रिय कमिटी ३३५ सदस्यीय भएको छ। झलनाथ खनालका लागि ‘सम्मानीत नेता’ भन्ने नयाँ पद सिर्जना गरिएको छ। त्यसैगरी, मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई ‘नेता’ भनिएको छ। उनीहरु अध्यक्षपछिको वरीयतामा छन्।

यसअघि गएको असोज ७ को केन्द्रिय कमिटी बैठकले १८ जना पदाधिकारी बनाएको थियो। पदाधिकारी समावेशी बनाउन पनि खोजिएको छ। तर, एकीकृत समाजवादी, पूर्वपार्टी एमालेभन्दा सैद्धान्तिक र पार्टी संगठनको दृष्टिले फरक हुन सक्ला कि नसक्ला भन्ने बहस सुरु भएको छ।

कस्तो हुन्छ सैद्धान्तिक कार्यदिशा?
एकीकृत समाजवादीका महासचिव डा.वेदुराम भुषालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को जगमा समाजवादी विचारलाई अघि बढाउने बताए। उनले पार्टीलाई सैद्धान्तिक रुपमा बलियो बनाउन दशैँपछि प्रशिक्षण चलाउने र संगठन विस्तारमा पनि लाग्ने जानकारी दिए।

‘हामीले समाजवादी दिशा समाउने भनेका छौँ। एमालेले जबज मान्ने भनेको छ। त्यो कार्यक्रम पुँजीवादी चरणसम्मको कार्यक्रम मात्रै हो,’ भुषालले भने, ‘जबजको त्यो काल पूरा भइसक्यो। अब समाजवादको दिशामा पुग्न समाजवादी विचार र कार्यक्रम ल्याउने छौँ।’

जबज एमालेका तत्कालीन महासचिव मदन भण्डारीले विकास गरेको तत्कालीन कार्यदिशा हो। एमालेले अहिले पनि यसलाई आफ्नो राजनीतिक कार्यदिशा मानेको छ।

भुषालले पार्टीमा संस्कृतिक रुपान्तरणसहित कार्यशैली र व्यवहारसमेत फरक गरिने बताए। उनले समाजमा मौलाउँदै गएको भ्रष्ट संस्कृतिलाई बदल्न पार्टीले मुख्य भूमिका खेल्ने दाबी गरे।

‘एमाले जस्तै’ हुने आशंका
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने एकीकृत समाजवादी एमालेभन्दा भिन्न हुनै नसक्ने जिकिर गरे। ‘एकीकृत समाजवादी एमालेभन्दा कुनै कुरामा भिन्न हुँदैन। नेताको अनुहार फरक होला, तर पार्टीको नीति, सिद्धान्त, विचार, कार्यनीति, उद्देश्य, कार्यशैली उही हुन्छ’, उनले भने।

एउटै सिद्धान्त, विचार र नीति भएको मुलधारको पार्टी छोडेर गएको अर्को पार्टी लामो समय टिक्न गाह्रो हुने उनको भनाइ छ। अहिले एमाले, एकीकृत समाजवादी र माओवादी तीन पार्टीमा भिन्नता छुट्टयाउनै गाह्रो भइरहेको ज्ञवालीको भनाइ छ। तीन पार्टीको सिद्धान्त, विचार र कार्यशैली उस्तै भएको उनले दाबी गरे।

नेकपा मालेका महासचिव सीपी मैनालीले आगामी दिनमा माधव नेपालले नीति र कार्यशैलीले एकीकृत समाजवादीको भविष्य निर्धारण गर्ने बताए। अहिलेको एमालेलाई ‘रसातलमा पुर्‍याउन’ केपी ओली र माधव नेपालको मुख्य भूमिका भएको उनको दाबी छ। नयाँ पार्टीमा पनि पुरानै कार्यशैली दोहोर्‍याए माथि उठ्न नसक्ने उनले बताए।

‘यदि माधवजीले मालेकाल (२०३५–२०४७) देखि अपनाउँदै आएको गलत संगठनात्मक सञ्चालन विधि दोहोर्‍याए, जबजको नाममा पुँजीवादी मार्ग समाए, महाकाली सन्धीमा गरेको समर्थन जस्तै काम गरे, प्रतिगमन सच्चियो भन्दै दरबार छिरे जस्तै गरे पार्टी बन्न सक्दैन, एमाले, माओवादी र एकीकृत समाजवादी उस्तै बन्छ,’ मैनालीले भने। राजनीति भनेको सत्ता प्राप्त गर्नु, सुख भोग गर्नु र राज्यसत्ता दोहन गर्नु भन्ने मान्यतालाई निरन्तरता दिए नयाँ पार्टी खोल्नुको अर्थ पनि नहुने उनको भनाइ छ। 

पुरानै ढर्राको संगठन
एकीकृत समाजवादी गठन हुँदा एमालेबाट करिब २० प्रतिशत नेता-कार्यकर्ता त्यता लागेका छन्। अन्य पार्टीबाट एकीकृत समाजवादीमा लाग्ने नेता, कार्यकर्ता देखिएका छैनन्। गएको असोज ७ मा बसेको केन्द्रिय समिति बैठकले एमालेले नै अपनाएको संगठनात्मक पद्दति अपनाएको छ। अहिले एकीकृत समाजवादीमा पदाधिकारी मात्र १८ जना छन्। जसमध्ये सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र ६ जना सचिव छन्।

पदाधिकारीमा नपरेका, तर वरीयतामा माथि राखिएका तीन नेता पनि छन्। दोस्रो वरीयतामा झलनाथ खनाललाई राखेर ‘सम्मानित नेता’ भनिएको छ। तेस्रो तथा चौँथो वरीयतामा मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई राखेर ‘नेता’ भनिएको छ। नेता व्यवस्थापनका लागि मात्र जम्बो पदाधिकारी र पद सिर्जना गरेको स्पष्ट छ।

निर्णय प्रक्रियामा पनि माधव नेपाल नै हावी छन्। उनको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालय समावेशी छैन। महिला एक जना छन्। अधिकांश खस–आर्य समुदायबाट छन्।

एउटै पार्टीमा रहँदा माधव नेपाललाई साथ दिएका एमाले उपाध्यक्ष ज्ञवालीले भने, ‘ओलीजीले प्रस्ताव गरेको सचिवालय र माधव कमरेडले बनाएको सचिवालय उस्तै छ। सबै निर्णय त्यही सचिवालयमा केन्द्रित हुन्छ। अन्तिममा माधव कमरेडले निर्णय गर्नुहुने भनेर छोडिन्छ। यस्तो भएपछि त्यो पार्टी एमालेभन्दा कसरी भिन्न भयो?’

अबको रणनीति
एकीकृत समाजवादीलाई द्रुत गतिमा संगठन विस्तार गरेर आगामी निर्वाचनसम्ममा बलियो दलको रुपमा स्थापित हुने चुनौती छ। कम्तीमा एमालेभन्दा ठूलो वा हाराहारीको दल बन्ने उसको रणनीति छ। त्यसैले एमालेबाहेकका कम्युनिष्ट र गैरकम्युनिष्ट दलसँग चुनावी तालमेल गर्ने विषय उनीहरु सार्वजनिक रुपमा नै बोलिरहेका छन्। महासचिव भुषाल त अहिलेको गठबन्धन आगामी चुनावसम्म रहने मात्र नभइ विचार मिल्ने पार्टीबीच एकता नै गरेर ‘शक्ति आर्जन’ गरिने दाबी गर्छन्।

एकीकृत समाजवादी र माओवादी नेताहरु अहिलेको सत्ता गठबन्धनलाई नै चुनावसम्म लम्ब्याउन चाहन्छन्। उनीहरु आगामी निर्वाचनमा ‘ओलीविरोधी गठनबन्धन’ बनाउन कांग्रेसलाई दबाब दिइरहेका छन्। तर, कांग्रेसलाई निर्वाचनमा उम्मेदवार हुन चाहनेको आन्तरिक व्यवस्थापन गर्न नै कठिन हुने हुँदा गठबन्धन रहिरन्छ वा दलहरु एक्लाएक्लै चुनावमा जान्छन् भन्ने अनुमान गर्न मुस्किल छ।

पार्टी स्थापना भएको केही समयमा नै एकीकृत समाजवादीमा असन्तुष्टि देखिन थालेको छ। खासगरी सरकारमा जाने विषयमा केही नेता असन्तुष्ट भए। नयाँ पार्टी गठन गर्न माधव नेपाललाई नजिकबाट सघाएका मेटमणि चौधरी र जीवनराम श्रेष्ठ सरकारमा जान नपाएपछि असन्तुष्ट बनेका हुन्। विवादित छविका प्रेम आले पर्यटन र किसान श्रेष्ठ श्रममन्त्री बनाइएकोमा पनि कतिपय नेताले असन्तुष्टि पोखेको एकीकृत समाजवादीका एक नेताले बताए। 

केन्द्रीय कमिटी विस्तारलाई लिएर पनि समाजवादीमा असन्तुष्टि छताछुल्ल भएको छ।

त्यसकारण सबै नेताको व्यवस्थापन र गाउँसम्म संगठन विस्तार एकीकृत समाजवादीको अबको रणनीति हो। उसले एक वडामा १०० संगठित सदस्य बनाउने अभियान नै घोषणा गरिसकेको छ। आगामी चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन बनाउन र आफ्नो पोल्टामा बढीभन्दा बढी उम्मेदवार पार्न पनि एकीकृत समाजवादीको अबको रणनीति संगठन विस्तार हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृ... सोमबार, जेठ १९, २०८२
सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताबीच छलफल संसद्‍मा विपक्षी दलको अवरोधलगायतका विषयमा  सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको... सोमबार, जेठ १९, २०८२
दलभन्दा माथि जनता हुन्छन् : ओली संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन्। सोमबार, जेठ १९, २०८२
ताजा समाचारसबै
साइपाल गाउँपालिकाबाट दुई जना बिरामीलाई हेलिकोप्टरबाट सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान कायमै सोमबार, जेठ १९, २०८२
सिंहदरबारमा प्रमुख दलका शीर्ष नेताबीच छलफल सोमबार, जेठ १९, २०८२
आइयारवादी नदीमा आएको बाढीका कारण म्यान्मामा हजार भन्दा बढी घरपरिवार विस्थापित सोमबार, जेठ १९, २०८२
दलभन्दा माथि जनता हुन्छन् : ओली सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
ओलीलाई आयोगको चेतावनी : उत्तेजनापूर्ण अभिव्यक्ति नदिनु सोमबार, जेठ १२, २०८२
उपमेयरको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र,तत्काल कार्यपालिका बैठक बोलाउन माग सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्